काठमाडौंमा किन जल्यो बालेनको पुत्ला ?

१५ असोज, काठमाण्डौ ।
गएको स्थानीय तहको निर्वाचनमा अनपेक्षित रुपमा विजय हासिल गरी काठमाडौं महानगरपालिकाको मेयर बनेका बालेन्द्र शाह बालेनको शुक्रबार काठमाडौंमा पुत्ला दहन गरिएको छ। यसअघि बालेनले काठमाडौंमा सुरु गरेको अनाधिकृत संरचना हटाउने अभियान र टुकुचाको उत्खनन्को प्रशंसा गर्नेहरुले नै उनको पुत्ला दहन गरेका छन् ।

बांगेमुढाको सामुदायिक भवन भत्काएपछि स्थानीयले बालेनको पुत्ला दहन गरेका हुन्। शुक्रबार काठमाडौं–२५ मा रहेको उक्त भवन भत्काएपछि मंका खल, आदिवासी जनजाती संघ लगायत नेवाः समुदायसँग आबद्ध संघ संस्थाहरूले प्रदर्शन गर्दै उनले पुत्ला दहन गरेका हुन् ।

Advertisement

डोजर आतंक बन्द गर, नेवा विरोधी होसियार, नेवा एकता जिन्दावाद जस्ता नारा लगाउँदै स्थानीय वासिन्दाले बालेनविरुद्ध नाराबाजी गरेका हुन्। यस्तै स्थानीयले महानगरपालिकाको वडा नम्बर २५ का वडाध्यक्षविरुद्ध पनि नाराबाजी गरेका थिए।

Advertisement

महानगरले २४ घण्टे अल्टिमेटम दिएर स्थानीयमाथि बल प्रयोग गरी भवन भत्काएपछि स्थानीय आक्रोशित बनेका थिए। शनिबार नै नेवाः देय् दबूले विज्ञप्ति जारी गर्दै यस घटना निन्दनीय भएको बताएको छ। ‘दसैं विदाको एकदिन अगाडि २४ घण्टे अल्टिमेटम दिएर भवन भत्काउन डोजरसहित आएर श्वेत आतंक मचाउनु भर्त्सना योग्य छ।’ दबूले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

उनीहरूले रिस्टोर त्वाःछें भनेर अभियान समेत सञ्चालन गरेका छन्। विदाको अवधि भर सबैले त्वाःछेंको तस्बिर सामाजिक सञ्जालमा राखेर पुनर्स्थापनाको माग गर्ने प्रदर्शनकारीले बताएका छन्। उनीहरूले शनिबार बांगेमुढा, नरदेवी, क्षेत्रपाटी, थहिति लगायत घुमेर मसाल जुलुस समेत निकालेका हुन्।

शुक्रबार काठमाडौं महानगरको डोजर पहिलो पटक कोर क्षेत्रमा पर्ने बांगेमुढामा पसेर सामुदायिक भवन भत्काएको थियो । यसरी कोर क्षेत्र भित्रै पस्न थालेपछि यसले अरू पनि भत्काउन सक्ने भन्दै विरोध प्रदर्शन गर्नुपरेको प्रदर्शनकारीहरुले बताएका छन् । बालेनको पुत्ला दहन गर्ने विरोधको कार्यक्रममा उनका प्रशंसक मध्येक एक सुमन सायमी पनि उपस्थित भएका थिए ।

सुमनले बालेनले काठमाडौंमा सुरु गरेको टुकुचा उत्खनन्को स्वागत गर्दै आएका छन् । दबूले अहिले वार्ता गरी सहमति गर्नु नै आवश्यकता भएको जनाएको छ। यस्तै यस्ता उत्तेजक गतिविधिबाट अप्रत्याशित र अनियन्त्रित प्रतिरोधलाई मलजल तयार गर्न सक्ने कुरामा पनि महानगरलाई सचेत रहन दबूको सुझाव छ।

दबूका अनुसार सयौं वर्ष अघिदेखि समुदायले उपभोग गरी आएको जग्गामा टोल समाजको सामूहिक पहल र लगानीमा झण्डै ५० वर्ष अगाडि सामुदायिक भवन निर्माण भएको थियो। यसैगरी बालाजु–बाइपास सडक विस्तार पीडित संघर्ष समितिले पनि उक्त कामको विरोध जनाएको छ।

यही ठाउँमा इतिहास कोर्ने कामहरू भएको र महानगरले यसलाई भत्काएको भन्दै समितिले आपत्ति जनाएको हो। उक्त त्वाःछें सोही ठाउँमा पुनर्निर्माण होस् भन्दै माग समेत गरेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top