भोलिदेखि तीन दिन देशभर पानी पर्ने/पाकेको धान नकाट्न विज्ञले दिए सुझाव

१६ असोज ७९, सोमबार

१७ असोज। काठमाण्डौ ।
जल तथा मौसम विज्ञान विभगले २ अक्टोबरबाट बाहिरिनुपर्ने मनसुन केही दिन अझै सक्रिय हुने भन्दै भोलिदेखि पुन मौसमी वर्षा हुने अनुमान गरेको छ । हाल बङ्गालको खाडीमा विकसित भइरहेको न्यून चापीय क्षेत्र उत्तर पश्चिमीतर्फ सर्दै जाने क्रममा असोज १८ गते अर्थात् महानवमी (मंगलबार) देखि नेपालमा पनि यस प्रणालीको प्रभाव पर्ने हुँदा मनसुनी वर्षा सक्रिय हुने सम्भावना देखिएको मौसम विज्ञानले जनाएको छ।

विभागका अनुसार महानवमीको दिनदेखि देशभर आंशिकदेखि सामान्यतया बदली रही प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, विजया दशमीको दिन अर्थात् आउँदो बुधबार देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका धेरै स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान छ।

यस्तै, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा पनि हुनसक्छ। मौसम दसैंको भोलिपल्ट अर्थात् बिहीबार पनि सुधार नहुनसक्छ। त्यसदिन देशभर सामान्यदेखि पूर्णतया बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने विभागले जनाएको छ।

Advertisement

यस्तै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशहरूका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। यस्तै, असोज २१ अर्थात शुक्रबार देशभर सामान्यदेखि पूर्णतया बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने विशेष बुलेटिनमा उल्लेख गरिएको छ।

त्यसदिन सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। यस्तो अवस्थामा पाकेको धान काट्दा पोहोरको जस्तै नास हुने भन्दै धान बाली नकाट्न कृषि विशेषज्ञले सुझाव दिएका छन् ।

Advertisement

धान पाकेको छ भने तीन दिन अझै नकाट्न र तीन दिनपछि जल तथा मौसम विज्ञान विभागको बुलेटिन हेरेरमात्रै निर्णय लिन नेपाल कृषि अनुसन्धान परिषद् नार्कका धान बाली विशेषज्ञ डा. सुशील सुवेदीले सुझाएका छन्। मौसमी अवस्थाबारे निरन्तर अनुगमन गरिरहने र त्यसअनुसार सूचना अध्यावधिक गर्दै जाने भएकाले दैनिक रूपमा मौसमबारे जानकारी लिन र पूर्वानुमान महाशाखाबाट जारी हुने तीन दिने बुलेटिन नियमित हेर्न उनले सुझाएका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top