Nepal Times
Nepal Times
3
Shares

म्याडिसन चम्कँदा लेस्टरको पहिलो जित,नटिङ्घम फरेस्ट ४–० ले पराजित

म्याडिसन चम्कँदा लेस्टरको पहिलो जित,नटिङ्घम फरेस्ट ४–० ले पराजित

१८ असोज, एजेन्सी ।
लेस्टर सिटीले सोमबार इंग्लिस प्रिमियर लिगमा यस सिजनको पहिलो लिगमा जित निकालेको छ । यसका लागि उसले नटिङ्घम फरेस्टलाई सहजै ४–० गोलअन्तरले पराजित ग¥यो । लेस्टरका जेम्स म्याडिसनले दुई गोल गरे । उनले खेलको २५ औँ र ३५ औँ मिनेटमा गोल गरेका हुन् ।

त्यस्तै खेलको २७ औँ मिनेटमा हार्वे बार्नस र ७३ औँ मिनेटमा प्याट्सन डाकाले गोल गरे । यो हारका कारण फरेस्ट लिग तालिकको सबैभन्दा अन्तिम स्थानमा पुगेको छ । लेस्टरको यो जितसँगै व्यवस्थापक स्टिभ कुपरमाथि दबाब सिर्जना भएको छ । लेस्टरका लागि भने यो जितले ठूलो राहत दिएको छ ।

जितका बावजुद लेस्टर फरेस्टको ठीक माथि १९औं स्थानमा छ । अंक तालिकामा पुछारबाट दोस्रो स्थानमा छ लेस्टर । नटिङ्घम फरेस्ट पुछारमा छ । दुवै टिम आठ खेलबाट समान चार अंकमा छन् ।

ब्रेन्डन रोजर्सको टिमले डिसेम्बरयता घरेलु मैदानमा हात पारेको यो पहिलो जित हो । फरेस्टले सन् १९९९ यता पहिलोपल्ट लेस्टरको भ्रमण गरेको थियो । यो सिजनमा उसले २३ वर्षपछि लिगमा फर्किएको हो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.