भारतले आफै बनायो लडाकु हेलिकोप्टर,हेलिको नाम ‘प्रचण्ड’

१८ असोज,एजेन्सी ।
अन्तरिक्ष र मंगल अभियान देखि आधुनिक मिसाइल र आणविक हतियारमा समेत तीव्र रुपमा आफूलाई अब्बल बनाउँदै लगेको भारतले पछिल्लो समय स्वदेशमा लडाकु हेलिकप्टर निर्माण गरेको छ । भारतले सो हलुका लडाकु हेलिकोप्टरको नाम ‘प्रचण्ड’ राखेको छ।

हिन्दुस्तान एयरोनोटिक्स लिमिटेड (एचएएल)ले निर्माण गरेको हेलिकोप्टरमा ४५ प्रतिशत सामान स्वदेशकै प्रयोग गरिएको बताइएको छ। सोमबार उक्त हेलिकोप्टरको भिडियो ट्विटरमा राख्दै भारतीय रक्षामन्त्री राजनाथ सिंहले लेखेका छन्– ‘नाम हो प्रचण्ड।’ यो हेलिकोप्टरले स्थल र वायु सेना दुवैको आवश्यकता पूर्ति गर्ने रक्षामन्त्री सिंहले बताएका छन्।

Advertisement

दुई इन्जिनयुक्त उक्त हेलिकोप्टरलाई सोमबार नै औपचारिक रुपमा भारतीय वायु सेनामा सामेल गरिएको छ। यस्ता थप ६ वटा हेलिकोप्टर आगामी सन् २०२३ को ३१ मार्चसम्म भारतीय वायु सेनालाई उपलब्ध गराउने लक्ष्य राखिएको छ।

Advertisement

भारतीय वायु सेनाका अध्यक्ष एयर चिफ मार्शल विवेक राम चौधरीले उक्त हेलिकोप्टर अन्तर्राष्ट्रिय स्तरमा उपलब्ध लडाकु हेलिकोप्टर सरह रहेको बताएका छन्। यो हेलिकोप्टरमा प्रयोग गरिएको एलसीएच विश्वकै उत्कृष्ट लडाकु उडान उपकरणमध्येमा गनिने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

यो हेलिकोप्टरले अत्याधुनिक हतियार र इन्धनको भारसहित ५ हजार मिटर (करिब १६ हजार ४०० फिट) को उचाइसम्म उडान भर्न सक्छ। हेलिकोप्टर हरेक मौसममा २४सै घण्टा उद्धार वा कारबाहीका लागि प्रयोग गर्न सकिने बताइएको छ।

उच्च गर्मी, उच्च जाडो, उच्च स्थान, होचो भाग र अन्धकारमा पनि यो हेलिकोप्टरलाई उपयोग गर्न सकिने भारतीय संचारमाध्यामहरुले लेखेका छन् । यसको तोपले हरेक मिनेट ७५० गोली चलाउन सक्छ। यसको विशेषताका कारण रक्षामन्त्री राजनाथ सिंहले यसलाई प्रचण्ड नाम दिएको भारतीय रक्षा विशेषज्ञले बताएका छन् ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top