Nepal Times
Nepal Times
3
Shares

चोटका कारण बुमराहले टी२० विश्वकप नखेल्ने

चोटका कारण बुमराहले टी२० विश्वकप नखेल्ने

१८ असोज, एजेन्सी ।
भारतका तीब्र गतिका बलर जस्प्रित बुमराहले २०२२ को आईसीसी टी–२० विश्वकप क्रिकेट गुमाउने भएका छन् । अष्ट्रेलियामा आयोजना हुने विश्वकप बुमराहले ढाडको चोटका कारण गुमाउने पक्का भएको हो ।

दक्षिण अफ्रिकाबिरुद्ध टिम बाहिर रहेका बुमराहलाई भारतीय क्रिकेट बोर्डले पनि गुमाउन नचाहे पनि चोट बाधक बनेको हो । विश्वकप १६ अक्टोबरबाट १३ नोभेम्बरसम्म आयोजना हुँदैछ । उनले ढाडको समस्याको कारण हालै भएको दक्षिण अफ्रिकाविरुद्धको टी२० सिरिज पनि गुमाएका थिए ।

भारतीय क्रिकेट बोर्डले उनको उपचारमा संलग्न विशेषज्ञहरुको सल्लाहअनुसार उनलाई आराम दिइएको बताएको छ । यसअघि नै घुँडाको समस्याको कारण रवीन्द्र जडेजाले यो विश्वकप गुमाउने निश्चित भइसकेको छ । भारतीय क्रिकेट बोर्डले बुमराहको स्थानमा जाने खेलाडीको घोषणा छिटै गरिने उल्लेख गरेको छ ।

भारतले टी२० विश्पकपमा आफ्नो पहिलो खेल पाकिस्तानविरुद्ध अक्टोबर २३ मा मेलवर्न क्रिकेट मैदानमा खेल्नेछ । विश्वकपको प्रारम्भिक चरणको खेल १६ अक्टोबरबाट सुरु हुनेछ भने ग्रुप चरणको खेल २२ अक्टोबरबाट सुरु हुनेछ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.