प्रचण्डका लागि बाबुराम भीष्मपितामह,प्रचण्डले चितवन छोड्ने

१८ असोज,काडमाण्डौ ।
लामो समयदेखि आगामी प्रतिनिधि सभाको निर्वाचनमा चितवन ३ बाट उठ्ने बताउदै आएका माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चितवन छाडेर गोरखा २ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्ने मनस्थितिमा पुगेका छन् । यद्यपि यसको घोषणा भने भइसकेको छैन् ।

निर्वाचनपछि पार्टी एकता नै गर्नेगरी माओवादीसँग चुनावी मोर्चाबन्दी गरेका बाबुराम भट्टराई र माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नै चितवन ३ भन्दा सुरक्षित क्षेत्र गोरखा २ बाट प्रतिनिधि सभा चुनाव लड्न प्रस्ताव गरेपछि प्रचण्डले गोरखा जाने मनस्थिति बनाएको माओवादी नेताहरुले बताएका छन् ।

भट्टराई २०७४ मा गोरखा २ बाट निर्वाचित सांसद हुन् भने श्रेष्ठ सोही क्षेत्रबाट भट्टराईसँग पराजित भएपछि अहिले राष्ट्रिय सभाको सदस्य छन्। भट्टराई र श्रेष्ठबीच प्रतिस्पर्धा रहेको गोरखा २ मा उनीहरू दुवैले प्रस्ताव गरेपछि प्रचण्डका लागि निर्णय गर्न सहज भएको छ।

तर प्रचण्डले अन्तिम निर्णय लिइसकेका छैनन्। यता चितवनका माओवादी नेताहरूले प्रचण्डलाई चितवन नछाड्न आग्रह गरेपनि माओवादीको समीक्षामा प्रचण्डका लागि चितवन असुरक्षित हुदै गएको देखिएको थियो ।

कांग्रेसको असन्तुष्ट पक्ष तथा स्वतन्त्र उम्मेदवारहरुका कारण माओवादी कमजोर बन्न सक्ने आकलन माओवादी नेताहरुले नै गर्न थालेपछि प्रचण्ड पछिल्लो समय चितवन ३ का विषयमा मौन रहदै आएका छन् ।

कांग्रेसमा समानुपातिक तर्फको विवाद साम्य भएपनि प्रत्यक्षको सिट बाँडफाँटको असन्तुष्टि चितवनमा पोखिने डर प्रचण्डलाई परेको विश्लेषण गरिएको छ । फेरि हिजो शसस्त्र संघर्षका क्रमका सहयोद्धा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी चुनाव नै नलड्ने बताएर प्रचण्डका लागि गोरखा २ सुरक्षित छाडिदिएको माओवादी भित्रको बुझाई छ ।

द्धन्दकालदेखि शान्ति प्रक्रियामा आइसकेको अवस्थामा समेत प्रचण्डको आँखाको तारो बन्ने गरेका तिनै भट्टराई अहिले प्रचण्डका लागि भिष्मपितामह बनेको भन्दै उनको प्रशंसा गर्ने गरिएको छ ।

यद्यपि भट्टराईले भने नेताहरु जसरी पनि संसदमा पुग्ने र पाएसम्म कार्यकारी पद लिने प्रवृतिले देशमा ठूलो विकृति र विसंगति ल्याएको बताउदै सदन बाहिरबाट गरिने कर्मपनि राजनीति भएकाले आफूले उपयुक्त समय आएकाले संसदीय राजनीति नगर्ने निर्णय लिएको बताएका छन् ।

भर्खरको समाचार

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

सम्बन्धित समाचार

Scroll to Top