एमाले–जसपाबीच सिट बाँडफाँटमा सहमति/ कुन क्षेत्र कसलाई ?

२२ असोज,काठमाण्डौ ।

मंसिर ४ मा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा नेकपा (एमाले) र जनता समाजवादी पार्टीबीच गठबन्धन हुने भएको छ । एमाले र जसपाले सिट बाँडफाँटको टुंगो लगाएका छन् । शनिबार बिहान एमालेका अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवले सिट बाँडफाँटको सहमतिपत्रमा हस्ताक्षर गरेको एमालेका महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् ।

Advertisement

पोखरेलले सामाजिक सञ्जालमा दुई पार्टीबीच भएको सहमति पत्र राख्दै यसबारे जानकारी दिएका हुन् । प्रतिनिधिसभामा एमालेले जसपालाई १७ सिट दिने भएको छ । तालमेल भएका क्षेत्रबाहेक दुवै पार्टीले उम्मेदवारी दिन सक्ने भनिएको छ । सहकार्य निर्वाचनपछि पनि रहने सहमतिपत्रमा उल्लेख छ ।

Advertisement

एमाले र जसपाबीच १४ जिल्लामा चुनावी तालमेलको सहमति भएको हो । मधेस प्रदेशका ८ जिल्ला, प्रदेश १ को मोरङ र सुनसरी तथा लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, रुपन्देही र कपिलवस्तु तथा सुदूरपश्चिमको कैलालीमा तालमेलको सहमति भएको हो । यसअनुसार यी जिल्लामा प्रतिनिधिसभाका ३५ सिट एमालेले लिनेछ भने जसपाले १७ सिट लिने भएको छ ।

प्रदेशसभातर्फ एमालेले ७० सिट पाउने छ भने जसपाले ४२ सिट लिएको छ । जसपाले पाएका ती १७ सिटमा प्रदेश १ का सुनसरी १ र मोरङ ५ छन् । त्यस्तै प्रदेश २ का सप्तरी १,२ र ३, सिराहा २ र ४ धनुषा १, महोत्तरी ३ र ४ सर्लाही १ र ४ रौतहट २, बारा २ र पर्सा १ र २ नम्बर क्षेत्र छन् । नवलपरासी पश्चिम, रुपन्देही ४ वा ५ तथा कपिलवस्तुको नाम सहमतिपत्रमा लेखेर मेटिएको छ ।

ती क्षेत्रमा संघमा नभएर प्रदेशमा मात्र जसपालाई एमालेले सघाउने छ । यसअघि जसपालाई दिइएको धनकुटा भने एमालेले आाफैं राखेको छ । धनकुटामा जसपाले बेग्लै उम्मेदवारी उठाउने भएको छ । उम्मेदवारी दर्ताका लागि जसपा नेता रकम चेम्जोङ धनकुटातर्फ लागेका छन् । जसपा नेताहरुका अनुसार एमालेसँग तालमेल नभएका क्षेत्रमा दुबै दलले आ–आफ्ना उम्मेदवारी दिनेछन् ।

जसपाले सत्ता गठबन्धनसँग सिट बाँडफाँटको कुरा नमिलेपछि एमालेसँग सहमति गरेको हो । जसपाले सत्ता गठबन्धनसँग आफ्नो दललाई कम्तीमा २१ सिट चाहिने अडान लिइराखेको थियो । सत्ता गठबन्धनले दिने सिटले नपुग्ने भन्दै जसले धेरै सिट दिन्छ, उतै जाने भन्दै आएको थियो ।

जसपा अध्यक्ष उपेन्द्र यादव बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको गठबन्धन बैठक छाडेर एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट पुगेका थिए । बिहीबारदेखि जसपाले एमालेसँग चुनावी तालमेलको प्रयास गरिरहेको थियो । शनिबार भने दुई पार्टीबीच सहमति भएको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top