×

NEPAL TIMES UPDATES

Playing
सुधन आएपछि समातिएकाहरु धमाधम छुट्दै, को छुटे को बाँकी ? || Nepal Times
Apr 09, 2026
Playing
तत्काल स्वदेश नफर्किने देउवाको सन्देश|| Nepal Times
Apr 09, 2026
Playing
को बन्ला उपसभामुख ? साझा उमेदवार बनाउने विपक्षीको प्रयास|| Nepal Times
Apr 09, 2026
Playing
आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा|| Nepal Times
Apr 09, 2026
Playing
यु*द्धविरामका लागि इरानले भिख माग्यो ?१० सर्त ट्रम्पले डस्टविनमा हालिदिए
Apr 09, 2026
Playing
पक्राउ पुर्जी जारी भएपछि विदेशबाटै बोले देउवा, सबै भ्रम || Nepal Times
Apr 08, 2026
Playing
कसले तोड्यो युद्धविराम ? यूएई र कुबेत मिसाइलले थर्किए, इराकमा उत्सव || Nepal Times
Apr 08, 2026
Playing
शेरबहादुर र आरजु फरार सूचीमा, के हुन्छ पक्राउ प्रक्रिया ? || Nepal Times
Apr 08, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-25-2082 || Nepal Times
Apr 08, 2026
Playing
५ पटकका प्रधानमन्त्रीको नियतिः घरमै कुटाइ, अनि फरार अभियुक्त || Nepal Times
Apr 08, 2026

भीम रावललाई टिकट नदिएकोमा विरोधमा उत्रिए अछामका नेता

२२ आश्विन २०७९

२२ असोज,काठमाण्डौ ।
नेकपा एमालेले पूर्वउपाध्यक्ष डा.भीम रावललाई टिकट नदिएको विरोधमा क्षेत्रीय कमिटी संयोजक प्रकाश शाहले राजीनामा दिएका छन् । शाहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेख्दै पदबाट राजीनामा दिएको जानकारी गराएका छन् ।

एमाले अछाम जिल्ला इन्चार्ज झपट बोहराको प्रमुख आतिथ्यमा गत भदौ १९ गते बसेको निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले क्षेत्र नम्बर १ मा सर्वसम्मत रुपमा भीम रावललाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउन सिफारिस गरेको थियो । तर एमालेले रावललाई नभई जिल्ला इन्चार्ज बोहरालाई टिकट दिने निर्णय गरेपछि शाहले नैतिकताको आधारमा राजीनामा दिएका हुन् ।

Advertisement

उनले पत्रमा लेखेका छन्, ‘समन्वय कमिटीको सर्वसम्मत सिफारिस भन्दा अन्य निर्णय भएकाले समन्वय कमिटीको संयोजक पदमा बसीरहन मेरो नैतिकताले नमान्ने भएकाले आजैको मितिबाट क्षेत्रीय समन्वय कमिटीको संयोजक पदबाट राजीनामा दिएको जानकारी साथ अनुरोध छ ।’

सुदूरपश्चिम प्रदेश सरकारका पूर्व आर्थिक मामिलामन्त्री समेत रहेका अछाम १ मा टिकट पाएका बोहरा माओवादीबाट एमालेमा समाहित भएका नेता हुन् । रावलको टिकट खोसिएपछि उनको गृहजिल्लामा असन्तुष्टि तीव्र भएको छ । एमाले क्षेत्र नम्बर १ समन्वय समिति, प्रदेश समन्वय समिति, पालिका कमिटी तथा जिल्ला कमिटी सदस्यहरुले सामूहिक राजीनामा दिने तयारी गरेका छन् ।

१० औँ महाधिवेशनताका सर्वसम्मत अध्यक्ष बन्ने ओलीको चाहनामा रावलले धावा बोलेका थिए । त्यसपछि उनीहरु दुईबीचको सम्बन्ध बिग्रिएको छ । एमाले विभाजन हुँदा १० बुँदे सहमतिपछि माधवकुमार नेपालको साथ छोडेर रावल एमालेमै बसेका थिए । एमाले नेता रावलले अछामबाट वि.सं. २०४८ सालदेखि नै चुनाव लडिरहेका छन् ।

०४८ सालमा चुनाव हारेका रावल ०५१ सालको मध्यावधि चुनावमा अछाम १ बाट जितेका थिए । भीम रावल ०५६ सालको चुनावमा एमाले–माले फुटेको कारण फेरि चुनाव हारे । त्यसपछि ०६४ को चुनावमा उनी समानुपातिकतर्फ लागे । ०७० र ०७४ को चुनावमा रावल क्षेत्र नम्बर १ बाटै दुईचोटि सांसद बनेका थिए ।

रावलसंगै टिकट नपाएका अर्का नेता घनश्याम भुसालको क्षेत्रमा यसपटक एमालेले राप्रपालाई सघाउने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीका नेता भुसालको टिकट खोसेर पूर्वपञ्च दीपक बोहोरालाई सघाउने निर्णय गरेका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसँग तीन सिटमा चुनावी तालमेल गर्ने क्रममा ओलीले भुसालको टिकट खोसेर राप्रपा नेता बोहोरालाई सघाउने निर्णय लिएका हुन् ।

झापा क्षेत्र नम्बर ३ मा राप्रपा अध्यक्ष लिङदेनलाई सघाएर क्षेत्र नम्बर ५ को भोट आफूले लिने र जित्ने रणनीति अन्तर्गत ओलीले राप्रपालाई उपयोग गर्ने नीति ०७४ सालदेखि नै लिँदै आएका छन् । यसक्रममा झापा ५ मा आफ्नो सिट सुरक्षित गर्दै ओलीले रुपन्देही ३ मा घनश्याम भुसालको सिट दाऊमा लगाइदिएका हुन् । ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा एमाले नेता घनश्याम भुसालले रुपन्देही ३ बाट राप्रपाका नेता दीपक बोहोरालाई संसदमा आउनबाट रोकेका थिए ।

Advertisement

भुसालले ३२ हजार ८६६ मत ल्याएर जित्दा बोहोराले २७ हजार ४२२ मत ल्याए र हारे । आसन्न निर्वाचनका लागि पनि एमालेका बैचारिक नेता भुसाललाई रुपन्देही ३ बाट कार्यकर्ताहरुले उम्मेदवार बनाउन केन्द्रमा सिफारिस पठाएका थिए । तर, स्थानीय पार्टीको निर्णय सुनुवाई नगरी केन्द्रले भुसालको ठाउँ राप्रपालाई छाडिदिने निर्णय गरेको हो ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top