Nepal Times
Nepal Times
3
Shares

म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा

म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा

२३ असोज,एजेन्सी ।
म्यानचेस्टर सिटी इङ्ग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा पुगेको छ । गएराति भएको खेलमा साउथह्याम्प्टनलाई ४–० गोलले हराउँदै सिटी आर्सनललाई पछि पारेर शीर्ष स्थानमा पुगेको हो । सिटीलाई जिताउन क्यानसेलो, फोडेन, महरेज र हालाण्डले गोल गरे । जितसँगै सिटीको २३ अङ्क भएको छ । दोस्रो स्थानको आर्सनलको २१ अङ्क छ ।

गएराति नै भएको खेलमा चेल्सीले उल्भ्सलाई ३– गोलले हरायो । चेल्सी १६ अङ्कसहित चौथो स्थानमा पुगेको छ । यस्तै, ह्यारी केनको गोलमा ब्राइटनलाई हराएको टोटनह्याम तेस्रो स्थानमा कायमै छ । गएराति नै भएका अरु खेलमा न्युक्यासलले ब्रेन्टफोर्डलाई र बर्नमाउथले लेस्टर सिटीलाई हराएका छन् ।

यता क्याटलान क्लब बार्सिलोनालाई पछि पार्दै रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । गेटाफेमाथि १–० को झिनो जित निकालेपछि रियलले बार्सिलोनालाई पछि पार्दै एक सातापछि शीर्षस्थानमा फर्किएको हो । रियललाई महत्वपुर्ण जित दिलाउन पहिलो हाफमा ब्राजिली डिफेन्डर इडर मिलिसाओले गरेको गोल नै निर्णायक बन्यो ।

उनले तेस्रो मिनेटमा लुका मोड्रिचको पासमा गोल गर्न सफल भएका थिए । रियलले घरेलु टोलीविरुद्ध बल पोसेसन राख्दै दवाव बढाएपनि थप गोल गर्न नसक्दा पहिलो हाफमा मिलिसाओले गरेको गोल नै निर्णायक बन्यो ।

५७औं मिनेटमा रोड्रिगोले गोल गरेपनि भिएआरमा अफसाइड ठहरिदा गोलले मान्यता पाएन । यस जितसँगै रियल ८ खेलबाट २२ अंक जोडेर शीर्षथानमा उक्लिएको छ । एक खेल कम खेलेको बार्सिलोनाको १९ अंक छ । पराजित गेटाफे ७ अंक जोडेर १६औं स्थानमा रहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.