Nepal Times
Nepal Times
3
Shares

अब ड्राइभिङ सिटमा बसेर मुलुक हाँक्ने गगन थापाको भनाई

अब ड्राइभिङ सिटमा बसेर मुलुक हाँक्ने गगन थापाको भनाई

२३ असोज, काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचन पछि सरकारको मूल नेतृत्वको दाबी गर्ने बताएका छन् । काठमाडौं ४ बाट उम्मेदवार दर्तापछि पत्रकारसँग कुरा गर्दै सरकारको नेतृत्व लिएर मुलुक हाँक्ने उनले बताएका छन् । ‘ड्राइभिङ सिटमा अब आफैं बस्ने हो । अब आउने पाँच वर्ष आफैं ड्राइभिङ सिटमा बसेर मूल दायित्व लिने प्रयत्न गर्ने हो । फल कस्तो आउँछ, समयले बताउला,’ थापाले भने ।

निर्वाचन क्षेत्रका नियमित दायित्वका विषयसँगै सरकार तथा पार्टीको मूल नेतृत्व दाबी गर्ने समय आफ्नो लागि आएको उनले बताए । जोश र आवश्यक अनुभव भएकाले मूल नेतृत्वमा दाबी रहेको उनले बताए ।थापाले यसै क्षेत्रबाट २०७० र २०७४ मा निर्वाचित भएका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.