Nepal Times
Nepal Times
3
Shares

एसियन कप छनोटमा नेपाल जितविहीन

एसियन कप छनोटमा नेपाल जितविहीन

२३ असोज ,एजेन्सी ।

भियतनाममा जारी एएफसी यू–१७ एसियन कप छनोटमा नेपाल जित विहीन बनेको छ । आइतबार भएको समूह चरणको अन्तिम खेलमा चाइनिज ताइपेसँग ४–२ गोल अन्तरले पराजित भएपछि नेपाल जित विहीन बनेको हो । फु थोस्थित भियत त्रि स्टेडियममा ताइपेलाई जित दिलाउन लिन हाइ चेङले दुई गोल गरे ।

यस्तै ताई यान याओ र लु यी टिङले एक एक गोल गरे । नेपालका कप्तान प्रशान्त लक्सम र धनसिङ विकले एक एक गोल फर्काए । खेलमा नेपालका दीपक थापा मगरले दोहोरो पहेलो कार्डसहित रातो कार्ड प्राप्त गरे । यस जितसँगै ताइपेले छनोटमा सान्त्वना जित निकालेको छ ।

ताइपेको यो पहिलो जित हो । समूह ’एफ’ मा रहेको नेपाल अंक विहीन रहदै पुछारमा रहेको छ । युवा टोलीका प्रशिक्षक उर्जन श्रेष्ठले भियतनामविरुद्धको पहिलो रोजाईमा दुई परिवर्तन गरेका थिए । डिफेन्डर आश्विन घोरासैनीको स्थानमा विक्रम तामांङ मैदानमा उत्रारेका थिए भने युनेश बुढाथोकीलाई बेन्चमा राख्दै सरोज दर्लामीलाई मौका दिएका थिए ।

जितपछि ताइपे ३ अंक जोडेर तेस्रो स्थानमा रह्यो । नेपाल पहिलो खेलमा थाइल्याण्डसँग ३–० गोल अन्तरले पराजित भएको थियो । दोस्रो खेलमा आयोजक भियतनामसँग ५–० गोल अन्तरले पराजित भएको थियो । भियतनाम ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

थाइल्याण्ड ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । भियतनाम र थाइल्याण्डबीचको विजेताले एसियन कपमा स्थान बनाउनेछ । छनोटको समूह विजेता एसियन कपमा छनोट हुनेछन् । यस्तै उपविजेता हुने उत्कृष्ट ६ टोलीले समेत एसियन कप खेल्नेछन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.