Nepal Times
Nepal Times
3
Shares

क्लब फुटबलमा रोनाल्डोको ७ सय गोल

क्लब फुटबलमा रोनाल्डोको ७ सय गोल

२४ असोज ,एजेन्सी ।
विश्व चर्चित पोर्चुगिज स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले क्लब फुटबलमा व्यक्तिगत ७०० गोलको कीर्तिमान पूरा गरेका छन् । रोनाल्डोले व्यक्तिगत ७०० गोल गरेको प्रिमियर लिगको खेलमा गएराति म्यानचेस्टर युनाइटेडले पनि एभर्टनलाई पराजित गरेको छ ।

एभर्टनको घरेलु मैदानमा भएको खेलमा भेट्रान फरवार्ड रोनाल्डोले बेन्चबाट आएर गोल गरेका हुन् । यससँगै यो सिजन खराब लय र समस्याबाट गुज्रिरहेका उनले एउटा अर्को कीर्तिमान चुम्न सफल भएका छन् । क्लबस्तरमा उनको गोल सङ्ख्या सात सय पुगेको हो । खेलमा अग्रता भने एभर्टनले लिएको थियो ।

एभर्टनका एलेक्स ईओबीले पाँचौँ मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए । तर ब्राजिलियन एन्थोनीले खेलको १५ औँ मिनेटमा गोल गरेपछि युनाइटेड खेलमा फर्किएको थियो । खेलको २९ औँ मिनेटमा एन्थोनी मार्टियालको स्थानमा मैदान छिरेका रोनाल्डोले ४४ औँ मिनेटमा गोल गर्दै २–१ को अग्रता दिलाए ।

मार्टियल घाइते भएपछि रोनाल्डो मैदान छिरेका थिए । रोनाल्डोले गरेको गोल नै म्यानचेस्टर युनाइटेडका लागि जितका लागि निर्णायक बन्यो । यो जितपछि युनाइटेड १५ अंकसहित लिगको पाँचौ स्थानमा पुगेको छ ।

उता पराजित एभर्टन १० अंक जोडेर लिगको १२ औँ स्थानमा छ । यस्तै, राति नै भएका खेलमा वेष्टह्यामले फुलह्यामलाई ३–१ ले र क्रिस्टल प्यालेसले लिड्सलाई २–१ गोल अन्तरले हराएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.