×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

रुसले बर्षायो युक्रेनी राजधानीमै दर्जनौ क्षेप्यास्त्र

२४ आश्विन २०७९

२४ असोज, एजेन्सी ।
आफैले सन २०१८ मा उद्घाटन गरेको रुसलाई क्राइमियासंग जोड्ने पुल युक्रेनले ध्वस्त बनाइदिएपछि रुसी राष्ट्रपति आगो भएका छन् । यस कार्यका लागि उनले युक्रेनलाई आतंकबादी घोषित गरेका छन् भने रुसले आज विहानैबाट राजधानी किभमा दर्जनौ क्षेप्यास्त्र आक्रमण गरेको छ ।

किएभमा सोमवार बिहानै भएका धेरैवटा विस्फोटनमा कैयौँ मानिसहरूको मृत्यु हुनुका साथै घाइते भएको युक्रेनी आपत्कालिन सेवाहरूले जनाएका छन । रुसले सोमबार युक्रेनी राजधानीसंगै मुख्य–मुख्य सहरमा दर्जनौँ क्षेप्यास्त्र आक्रमण गरेको छ । बीबीसीका अनुसार सोमबार बिहानैदेखि रुसले कम्तीमा ७५ वटा क्षेप्यास्त्र आक्रमण गरेको हो ।

Advertisement
Advertisement

युक्रेनका सेना प्रमुख जनरल भ्यालेरी जालुझिनीले एकाबिहानैदेखि उक्त संख्यामा क्षेप्यास्त्र प्रहार भएको बताएका छन् । उनले ट्विट गर्दै तीमध्ये ४१ वटा क्षेप्यास्त्र युक्रेनको हवाइ प्रतिरक्षामार्फत निष्प्रभावी तुल्याइएको दाबी गरेका छन् । राजधानी सहर किभ, निप्रो, जापोरिझिया, खर्किभ, तेर्नपिल, लिभिभमा क्षेप्यास्त्र आक्रमण गरिएको छ ।

किभमा भएको आक्रमणमा कम्तीमा ८ जना नागरिक मारिएको र २४ जना घाइते भएको युक्रेनका गृहमन्त्रीले बताएका छन् । महत्वपूर्ण भौतिक पूर्वाधारमा क्षेप्यास्त्र आक्रमण भएको किभका मेयरले बताएका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि निप्रो, जापोरिझियालगायतमा रुसले क्षेप्यास्त्र प्रहार गरेको बताएका छन् ।

त्यस्तै खर्किभका मेयरले सहरमा रुसले ऊर्जा पूर्वाधारमा क्षेप्यास्त्र हानेको बताएका छन् । यसले विद्युत् आपूर्ति बन्द भएको छ भने पानीको पनि समस्या देखिएको छ । त्यसैगरी तेर्नपिल र लिभिभमा पनि क्षेप्यास्त्र आक्रमणबाट विद्युत् आपूर्ति बन्द भएको छ । यता समी, झिटोमिर, खेमेल्नित्स्की र किरोभोरादमा पनि ठूला विस्फोटन सुनिएका छन्।

रुसले पछिल्लो आक्रमणबारे केही बताइसकेको छैन। कतिवटा मिसाइल आक्रमण भएको भन्ने स्वतन्त्र पुष्टि हुन बाँकी रहेको बीबीसीले उल्लेख गरेको छ । ती विस्फोटनहरू युक्रेन युद्धको सुरुमा भएका रुसी हवाई हमलामा भन्दा निकै धेरै केन्द्र भागमा सोझिएका देखिन्छन् ।

यी हमलाहरू रुसको अधीनस्थ क्राइमियासँग जोडिने एकमात्र पुलमा विस्फोटन भएर क्षति भएको दुई दिनपछि भएको हो । सामाजिक सञ्जालमा राखिएका तस्बिर तथा भिडिओहरूमा किएभको कैयौँ भागहरूबाट धुवाँको मुस्लो उडिरहेको देखिन्छ ।

किभमा हवाई हमलाको पूर्वजानकारी दिने साइरनहरू झण्डै ९० मिनेट अघि बजेका थिए । सोमवार बिहान युक्रेनभर भएका हवाई हमलाहरूबारे प्रतिक्रिया दिर्दै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले “संसारबाट हाम्रो नामनिसान मेटाउन चाहेको“ बताएका छन् ।

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top