सन्दीपले न्यायाधीशका अघि खोले होटल जानुको रहस्य

२३ असोज ७९, सोमबार

२४ असोज, एजेन्सी ।
बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेको विषयमा उनले अदालतमा दिएको बयानले के उनलाई फसाइएको हो त भन्ने प्रश्न उठाउनेहरुलाई एउटा जवाफ दिएको छ । सन्दीपले न्यायाधीश समक्ष आफूलाई आरोप लगाउने पीडित नाबालिका भनिए पनि उनको उमेर १९ वर्ष भएको र आफूले नभई यवुतीकै इच्छामा होटलसम्म गएको बयान अदालतसमक्ष दिएका छन् ।

सन्दीपमाथि बलात्कार आरोप लगाएकी पीडित नाबालिग नभएको उनका वकिलले दाबी गरेका छन्। सन्दीप लामिछानेकी वकिल सुधा रिजालले सोमबार काठमाडौं जिल्ला अदालत बाहिर पत्रकारसँग कुराकानी गर्दै पीडित भनिएकी युवती नाबालिग नभएको दाबी गरेकी हुन्।

उहाँले दुईवटा जन्मदर्ता बनाएको देखिएको छ। सिलसिलाबद्ध रूपमा उहाँ (सन्दीप) लाई फसाउन खोजिएको देखिन्छ,’ उनले भनिन्, ‘उहाँले ढाँटेर, आफ्नो उमेर घटाएर जन्मदर्ता बनाउनुभएको छ। त्यो प्रमाण पेस गर्छौं। उहाँ (सन्दीप) निर्दोष हुनुहुन्छ।’

Advertisement

सन्दीपले इजलासमा पनि न्यायाधीश दयाराम ढकालसमक्ष आफूलाई पीडित युवतीले १९ वर्षको भनेर जानकारी गराएको बताएको अर्का वकिल सरोजकृष्ण घिमिरेले बताएका छन् । त्यस्तै, यस मुद्दालाई चाँडो टुंगोमा पु¥याउन पनि वकिलहरूले माग गरेका छन्। काठमाडौं जिल्ला अदालतले उनलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

असोज २० देखि लागू हुने गरी हिरासतमा राख्न प्रहरीले अनुमति पाएको हो। गत बिहीबार नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परे पनि दसैं बिदाका कारण अदालत बन्द थियो। प्रहरीले त्यही दिनदेखि लागू हुनेगरी १० दिनको म्याद माग गरेको पनि घिमिरेले बताएका छन् ।

Advertisement

‘सन्दीप एक व्यक्ति मात्रै नभएर संस्थासमेत भएकाले हामीले यस मुद्दालाई फास्ट ट्रयाकमा लग्नुपर्छ भनेर माग गरेका थियौं। एकतर्फको अनुसन्धान सकिसकेको छ। अब सन्दीपको बयान लिन धेरै समय लाग्दैन,’ घिमिरेले भनेका छन्, ‘प्रहरीले पक्राउ परेको दिनदेखि १० दिन हिरासतमा राख्न अनुमति माग्नुभएको थियो। त्यसमा अब्जेक्सन गरेका थियौं। पक्राउ परेको दिनदेखि भनेको हुँदा हामीले केही भनेनौं। सात दिनको म्याद दिनुभयो।’

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका लामिछानेमाथि भदौ ५ गते काठमाडौंको एक होटलमा नाबालिगलाई पटक–पटक बलात्कार गरेको आरोप लागेको थियो। लामिछानेले इजलासमा त्यसको प्रतिकार समेत गरेका छन्। आफैंले बोलाएर नभई पीडित भनिएकी युवतीले नै बोलाएपछि गएको सन्दीपले बयान दिएको वकिल घिमिरेले बताएका छन् ।,

‘मैले चाहिँ क्याम्पमा जान ढिलो भइसक्यो। बिहानै जानुपर्ने, हुँदैन बरू दरबारमार्गमा गएर कफी खाऔं भन्दा पनि अत्ति जिद्दी गरेपछि फ्यानको हिसाबले ठिकै छ खाजा मात्रै खाएर फर्किने सर्तमा हामी गयौं,’ सन्दीपको भनाइ उदृत गर्दै घिमिरेले भने, ‘त्यहाँ जाने बेलामा पनि मेरो होस्टेल जतिबेला पनि खुला हुन्छ भन्नुभयो। तर फर्किनेबेलामा यतिबेला बन्द हुन्छ। जान मिल्दैन भन्नुभयो।’

लामिछानेले आफ्नो गोपनीयताको हनन भएको भन्दै त्यसमा समेत आपत्ति जनाएका छन्। भदौ ६ गते बिहान होटलबाट निस्केका लामिछाने सोही दिन टी–२० खेल खेल्न केन्या गएका थिए। उनी त्यहीँबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिज गएका थिए। उक्त लिग भइरहँदा काठमाडौंको प्रहरी वृत्त गौशालामा भदौ २१ गते उनीविरूद्ध जाहेरी परेको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top