×

NEPAL TIMES UPDATES

Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026
Playing
चीनले कसरी इरानलाई बलियो बनायो ? ट्रम्पले दिए चेतावनी || Nepal Times
Apr 16, 2026
Playing
रास्वपाको मुख्य सचेतकमा कविन्द्र, सचेतकमा प्रकाश र क्रान्तिशिखा,लेबी तोकियो || Nepal Times
Apr 16, 2026
Playing
गृहमन्त्री सुधनको चर्चा र आलोचना सराबरी || Nepal Times
Apr 16, 2026
Playing
Top 15 Afternoon News || April-16-2026 || Nepal Times
Apr 16, 2026
Playing
बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन || Nepal Times
Apr 16, 2026
Playing
स्थानीय तहलाई गैरदलीय बनाउन सर्वोच्चको अस्वीकार || Nepal Times
Apr 16, 2026
Playing
यु*द्ध अन्त्य हुने दाबी, ट्र*म्पलाई रो*क्ने प्रस्ता*व अमेरिकी स*दनमा विफल|| Nepal Times
Apr 16, 2026

च्याम्पियन्स लिगमा आज ८ खेल, मेसी बेन्चमा

२५ आश्विन २०७९

२५ असोज ,एजेन्सी ।
पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड लियोनल मेसी पिँडौलाको चोटका कारण आज हुने च्याम्पियन्स लिगमा बेनफिकाविरुद्धको खेल गुमाउने भएका छन् । ३५ वर्षीय मेसीले गएको साता पोर्चुगलमा सम्पन्न खेलमा बेनफिकाविरुद्ध गोल गरेका थिए ।

उक्त खेल १–१ को बराबरीमा सकिएको थियो । अर्जेन्टिनाका फरवार्ड मेसीले गएको शनिबार फ्रेन्च लिग वानमा रेम्सविरुद्धको खेल पनि गुमाएका थिए । पीएसजीले उक्त खेल गोलरहित बराबरी खेलेको थियो । जारी सिजन पीएसजीले गोल गर्न नसकेको यो पहिलो खेल हो ।

Advertisement
Advertisement

‘‘गत साता बेनफिकाविरुद्धको खेलमा मेसीले पिँडौलामा असहज महसुस गरेका थिए । अहिले उनको अवस्थामा सुधार भएको छ । तर, अझै पूरा ठिक भइसकेको छैन । उनी आगामी खेलमा पनि अनुपस्थित हुनेछन्,’’ पीएसजीका प्रशिक्षक क्रिस्टोफर गाल्टियरले भने, ‘‘तर, उनी लिगमा मार्सेविरुद्धको खेलका लागि ठिक हुनेछन् ।’’

च्याम्पियन्स लिगमा पीएसजी सात अंकसहित समूह ‘एच’को शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको बेनफिकाले पनि सात अंक नै जोडेको छ । तीन अंक जोडेको युभेन्टस तेस्रो स्थानमा छ । मेसीसँगै पीएसजीका प्रेसनेल किम्पेम्बे, नुनो मेन्डेस र रेनाटो सान्चेजले पनि घरेलु मैदान पार्क डेस प्रिन्सेसमा हुने बेनफिकाविरुद्धको खेल गुमाउनेछन् ।

युइएफए च्याम्पियन्स लिग अन्तरगत समूह चरणको चौथो राउन्डको खेलमा आज राति विभिन्न ८ खेलमा प्रतिस्पर्धा हुँदैछ । आज राति समूह ‘ई’ देखि ‘एच’ का खेलमा प्रतिस्पर्धा हुँदैछ । राती १२ः४५ बजे समुह ‘ई’ मा क्रोएसियन क्लब डिनामो जाग्रिवले घरेलु मैदानमा अष्ट्रियन क्लब रेडबुल साल्जवर्गको सामना गर्दैछ ।

यही समूहमा इटालियन क्लब एसी मिलानले इंग्लिस क्लब चेल्सीसँग सोही समयमा प्रतिस्पर्धा गर्दैछ । समूह ‘एफ’ मा स्कटिस क्लब सेल्टिकले जर्मन क्लब आरबी लाइप्जिगसँग राति १२ः४५ मा खेल्दा यो समूहमा युक्रेनी क्लब साख्तर डोनेस्कले घरेलु मैदानमा स्पेनिस क्लब रियल म्याड्रिडको आतिथ्यता गर्दैछ । समूह ‘जी’ मा डेनिस क्लब एफसी कोपेनहेगनले राति १०ः३० मा बलियो इंग्लिस क्लब म्यानचेस्टर सिटीको सामना गर्दैछ ।

Advertisement

यही समूहमा राति १२ः४५ बजे जर्मन क्लब बोरुसिया डर्टमुन्डले स्पेनिस क्लब सेभियाको आतिथ्यता गर्दैछ । समूह ‘एच’ मा इजरायली क्लब मकावी हाइफाले इटालियन क्लब युभेन्ट्सको राति १०ः३० बजे आतिथ्यता गर्दैछ । यही समूहमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले पोर्चुगिज क्लब बेन्फिकासँग राति १२ः४५ बजे खेल्दैछ ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top