श्रीमान् श्रीमती, दाजुबहिनी र बाबुछोरी सांसद् बन्ने तरखरमा

२५ असोज,काठमाण्डौ ।
आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि टिकट पाउनु पर्ने ब्यक्तिले नपाएको भन्दै कतै बागी त कतै पार्टी परित्याग गरी स्वतन्त्रका रुपमा मनोनयन परेको छ । पार्टी योगदान, जनतामा छवि, उसको क्षमता र बौद्धिकताका आधारमा भन्दा पनि चाकी र चाप्लुसीका आधारमा टिकट बाँडिएको भन्दै सबैजसो दलमा असन्तुष्टि चुलिएको छ ।

यस्तो असन्तुष्टका बीच कतिपय दलका नेताका परिवारका एक भन्दा बढी सदस्यहरू भने चुनावी मैदानमा छन्। र उनीहरु सांसद् भन्ने तरखरामा छन् । पार्टीले पनि उनीहरुलाई प्रत्यक्ष, त्याहा नभए समानुपातिकमा संरक्षण गरेको छ । यसरी पारिवारिक सदस्यका रुपमा सांसद् भन्ने तरखरमा लाग्नेहरु श्रीमान्–श्रीमती,बाबुछोरी र दाजुबहिनी समेत रहेका छन् ।

Advertisement

यसरी सांसद् भन्ने लाइनमा रहेका दम्पत्तिमा रहेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र श्रीमती आरजु राणा देउवा । शेरबहादुर डडेलधुराबाट प्रत्यक्ष निर्वाचन लड्दैछन् भने आरजु राणाले समानुपातिक सूचीको तेस्रो नम्बरमा आफ्नो नाम राखेर प्रतिनिधि सभाको यात्रा पक्का गरेकी छिन्। उनीहरु ०७४ को निर्वाचनमा पनि सांसद बनेका थिए ।

Advertisement

यस्तै अर्काे दम्पत्ति नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र केन्द्रीय सदस्य ओनसरी घर्तीको हो । पुन दम्पत्ति माओवादी केन्द्रका प्रत्यक्ष उम्मेदवार हुन्। वर्षमानले रोल्पा र ओनसरीले काठमाडौं–२ बाट उम्मेदवारी दर्ता गरेका छन्। यस्तै अर्काे दम्पत्ति हो एमालेका सचिव रघुवीर महासेठ र पोलिटब्यूरो सदस्य जुली महतोको । रघुवीर धनुषा–४ र जुली धनुषा– ३ बाट प्रत्यक्ष निर्वाचन लड्दैछन्।

२०७४ को निर्वाचनमा पनि जुली र रघुवीर श्रीमान्, श्रीमती नै सांसद बनेका थिए। सांसद बन्ने लाइनमा रहेको अर्काे जोडी हो, कांग्रेस नेता तथा गृहमन्त्री बालकृष्ण खाँण र उनकी पत्नी नेपाली कांग्रेसकी केन्द्रीय सदस्य मञ्जु खाँण समानुपातिक उम्मेदवार बनेका छन्। गृहमन्त्री खाँण रुपन्देही– ३ बाट उम्मेदवार बनेका छन् भने मञ्जुको समानुपातिकमा सिरहाबाट महिला खसआर्य तर्फबाट ६ नम्बरमा नाम छ।

खाण दम्पत्ति यसअघि २०७४ को समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा थिए। तर, मञ्जु भने सांसद बन्न सकिनन् । यस्तै जनता समाजवादी पार्टीका नेता अशोक राई सुनसरी– १ बाट प्रत्यक्षमा उम्मेदवार बनेका छन्। उनकी पत्नी सुशीला श्रेष्ठको नाम भने प्रतिनिधि सभाको समानुपातिकको बन्दसूचीमा छ।

नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले बर्दिया– २ बाट उम्मेदवारी दिएका छन् भने उनकी श्रीमती रञ्जिता श्रेष्ठ चौधरीले कैलाली– १ बाट प्रत्यक्ष उम्मेदवार बनेकी छन्। नेकपा माओवादी केन्द्रका सचिव तथा शिक्षामन्त्री देवेन्द्र पौडेल बाग्लुङ– २ बाट प्रत्यक्षतर्फ उम्मेदवार छन् भने उनकी पत्नी बलावती शर्मा प्रतिनिधि सभाकै लागि समानुपातिक उम्मेदवार बनेकी छन्।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर र उनकी छोरी डा मिनाक्षी ठाकुर प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार छन्। महन्थ महोत्तरी– ३ बाट प्रत्यक्ष उम्मेदवार छन् भने छोरी मिनाक्षी मधेशी महिला तर्फबाट समानुपातिकमा पहिलो नम्बरमा परेकी छिन्।

यस्तै एमाले महासचिव शंकर पोखरेल दाङ– २ बाट उम्मेदवार बनेका छन् भने उनकै बहिनी मेनका पोखरेल समानुपातिक उम्मेदवारमा खसआर्य महिलातर्फ पहिलो नम्बरमै छिन्। नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत जाजरकोटबाट उम्मेदवार बनेका छन् भने उनकी बहिनी ज्ञानु बस्नेत सुवेदीको प्रतिनिधि सभा समानुपातिक बन्दसूचीमा खसआर्य महिलाको १ नम्बरमा छ।

माओवादीका अर्का उपमहासचिव अर्थमन्त्री जनार्दन शर्मा रुकुम पश्चिमबाट प्रतिनिधि सभामा प्रत्यक्ष उम्मेदवार बनेका छन् भने शर्माकी बहिनी नारायणी शर्मा प्रतिनिधि सभाकै समानुपातिक बन्दसूचीमा खसखार्य महिलातर्फ तीन नम्बरमा रहेकी छिन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top