Nepal Times
Nepal Times
3
Shares

 मन्त्री हटाउने होड,केन्द्रको पराकम्प मधेसमा

 मन्त्री हटाउने होड,केन्द्रको पराकम्प मधेसमा

२८  असोज, काठमाण्डौ ।

नयाँ सरकार गठन गर्नेगरी प्रदेश सभाको निर्वाचन मिति नजिकिरहेका बेला मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले कांग्रेसका तर्फबाट सरकारमा सहभागी भएका तीन मन्त्रीलाई बर्खास्त गरेका छन् ।  प्रधानमन्त्री शेरबहादु्र देउवाले संघीय सरकारबाट जसपाबाट बनेका मन्त्रीहरु हटाएको भोलिपल्ट मुख्यमन्त्री राउतले कांग्रेसबाट प्रतिनिधित्व गरेका मन्त्रीहरु हटाएका हुन् ।

मन्त्री पद जानेहरुमा मधेस प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा ऊर्जाविकासमन्त्री ओमप्रकाश शर्मा र महिला बालबालिका, युवा तथा खेलकुदमन्त्री विरेन्द्रप्रसाद सिंह छन् ।  यसअघि उनीहरुलाई मन्त्री पद छाड्न मुख्यमन्त्रीले चेतावनी दिएका थिए  ।

 संघीय सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाका चारजना मन्त्रीलाई बर्खास्त गरेपछि जसपा नेतृत्वको मधेस प्रदेश सरकारका मुख्यमन्त्री राउतले कांग्रेसबाट सरकारमा मन्त्री रहेका तीन जनालाई हटाएको नेता मनिष सुमनले बताएका छन् । मुख्यमन्त्री राउतले पनि काँग्रेसबाट सरकारमा रहेका यी तीन जना मन्त्रीसँग राजीनामा माग गरेका थिए ।

तर उनीहरूले राजीनामा दिन अस्वीकार गरेपछि गरेपछि मुख्यमन्त्री राउतले उनीहरूलाई बर्खास्त गरेका हुन् । माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) लाई भने हालसम्म राजीनामा दिन भनिएको छैन । उनीहरु आफै राजीनामा दिएर गए भने जसपाले नरोक्ने जसपा नेताहरुको भनाइ छ ।

मधेस प्रदेश सरकारमा माओवादी केन्द्रका राज्यमन्त्रीसहित दुई र नेकपा एकीकृत समाजवादीका राज्यमन्त्रीसहित दुई मन्त्री सहभागी छन् । माओवादी केन्द्रबाट आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साह, राज्यमन्त्री रुवी कर्ण र नेकपा एसको तर्फबाट उद्योग पर्यटन तथा वन मन्त्री शत्रुधन महतो र कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्री प्रमोद कुमार यादव छन् ।

 बिहीबार संघीय सरकारबाट प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाबाट मन्त्री बनेका प्रदीप यादव, मृगेन्द्रसिंह यादव, इस्तियाक राई र राजेन्द्र श्रेष्ठलाई हटाएका थिए । जसपाको गठबन्धन परिवर्तन पछि  संघीय सरकारबाट सुरु भएको यो कम्पन मधेस प्रदेशमा प्रवेश गरेको छ ।

प्रदेश १ मा पनि  नेकपा  एकीकृत समाजवादीको नेतृत्वको गठबन्धन सरकारमा जसपाका जयराम यादव सामाजिक विकास मन्त्री रहेका छन् ।  यस्तै गण्डकी प्रदेश सरकारमा पनि जसपाको सहभागिता रहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.