रञ्जु दर्शनाका प्रतिस्पर्धी को –को छन् ? घोषणापत्रमा के लेखिन् ?

३० असोज, काठमाण्डौ ।
प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं– ५ बाट स्वतन्त्र उम्मेदवारी दिएकी रञ्जु दर्शनाले आफ्नो घोषणापत्र सार्वजनिक गरेकी छिन्। उनले शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच घोषणापत्र सार्वजनिक गरेकी हुन्।

घोषणापत्रमा उनले बहुदलीय व्यवस्था, संसदीय प्रणाली, विकेन्द्रीकरण, अधिकार र कर्तव्यको उचित बाँडाफाँट सहितको संघीइता, प्रेस स्वतन्त्रता र धार्मिक स्वतन्त्रताप्रति आफ्नो विश्वास व्यक्त गरेकी छिन्। आफ्नो कल्पनाको समाजवाद भन्दै उनले उदार अर्थतन्त्र, नियमित बजार र सामाजिक सुरक्षालाई उल्लेख गरेकी छिन्।

घोषणापत्रमा दर्शनाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने, संसद्को बैठकमा शतप्रतिशत उपस्थित हुने, कोही कसैसँग नडराई महत्त्वपूर्ण विषयहरुमा निर्धक्क आफ्नो विचार र आफ्नो क्षेत्रका मतदाताहरुको अडान राख्ने व्यक्तिगत प्रतिबद्धता पनि व्यक्त गरेकी छिन्।

Advertisement

दर्शनाले विभिन्न ११ बुँदाहरुमा सम्पूर्ण नागरिकका लागि एजेन्डाहरु प्रस्तुत गरेकी छिन्। जहाँ मानसिक स्वास्थ्य, शिक्षा, महिला सशक्तीकरण र नेतृत्व, अधिकार, स्टार्ट अप नीति, समावेशी संरचनाहरुको निर्माण, सार्वजनिक प्रशासन÷सेवा, भ्रष्टाचार निर्मुल र सुशासन, क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय संगठन, बजेट विनियोजन र अन्य एजेन्डाहरु रहेका छन्।

विवेकशील साझा पार्टीको राजनीतिबाट त अलग भएकी रञ्जुले अहिले स्वतन्त्र रुपमा काठमाडौं ५ मा उम्मेदवारी दिएकी छन् । काठमाडौं क्षेत्र नम्बर ५ काठमाडौं महानगरपालिकाको वडा नं. २, ३, ४ र ५, टोखा नगरपालिकाको वडा नं. २, ३, ४, ५, ६ र ७ तथा बूढानीलकण्ठ नगरपालिकाको वडा नं. ३, ४, ५, ६ र ७ मा फैलिएको छ ।

Advertisement

यो प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवाससमेत रहेको निर्वाचन क्षेत्र हो । यो क्षेत्रमा अब पाँच वर्षका लागि प्रतिनिधिसभाको सांसद बनेर कसले जनताको मनमा राज गर्ला भन्ने आआफ्ना अनुमान सुरु हुन् थालीसकेका छन् ।

काठमाडौं ५ मा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल तथा सत्तागठबन्धनका तर्फबाट कांग्रेसका प्रदीप पौडेल प्रतिस्पर्धी छन्। त्यस्तै यहा कलाकार मधुसुदन पाठकले पनि स्वतन्त्र उम्मेदवारको रूपमा मनोनयन दर्ता गराएका छन्।

यस्तै सामाजिक अभियन्ताबाट उदाएका हेमराज थापाले पनि काठमाडौं निर्वाचन ५ बाट स्वतन्त्र उम्मेदवारको रूपमा मनोनयन दर्ता गराएका छन्। दर्शनाले ०७४ को स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरको मेयरमा दोस्रो सर्वाधिक मत प्राप्त गरेकी थिइन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top