×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सन्दीपको बयानःसँगै बसेका हौं, बलात्कार होइन, मलाई फसाएको हो

३० आश्विन २०७९

३० असोज, काठमाण्डौ ।
नाबालिग बलात्कार आरोपमा पक्राउ परेर प्रहरी हिरासतमा रहेका नेपाल क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरी अनुसन्धान जारी छ । काठमाडौंस्थित प्रहरी वृत्त गौशालाले उनीविरुद्धको अनुसन्धान अगाडि बढाएको छ ।

गौशालाकै हिरासत कक्षमा अन्य थुनुवासँगै सन्दीपलाई पनि राखिएको छ । उनीविरुद्ध पहिलोपटक सात दिन र दोस्रोपटक पाँच दिन हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

Advertisement
Advertisement

उनीविरुद्ध अनुशन्धान गर्न अदालतले दिएको समय ३१ ग्ते सकिने र आगामी कार्तिक १ गते सन्दीपलाई पुनः फाइल पेस गर्ने वा म्याद थपको लागि पुनः पेस गर्नसक्ने उनका तर्फबाट वकालत गरिररहेका अधिवक्ता सरोज घिमिरेले बताएका छन् ।

सन्दीपले प्रहरीसँगको साबिती बयान उद्धृत गर्दै प्रहरी अधिकारीहरु भन्छन्,“म माथि आरोप लगाउनेसँग होटलमा गएको सँगै बसेको सत्य हो । तर बलात्कार गरेको आरोप झुटो हो । राति बसेर बिहान निस्किएका हौं ।”

यसबाहेक सन्दीपले क्रिकेटमै संलग्न व्यक्तिहरुले पनि आफुविरुद्धको योजना बनाएको दाबी गर्दै आएका छन् । उनले आफुमाथि आरोप लगाउनेकै आग्रहमा होटलमा बसेको बताएको पनि एक अधिकारीले दाबी गरेका छन् । जाहेरी परेको समयमा सन्दीप जमैकामा थिए ।

उनले सामाजिक सञ्जालमार्फत आफूमाथिको आरोप अस्वीकार गर्दै आएका थिए । आफूमाथि आरोप लागेको एक महिनापछि सन्दीप अमेरिकाबाट नेपाल फर्किएका थिए । प्रहरीले उनलाई असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै नियन्त्रणमा लिएको थियो ।

सन्दीप र उनका कानुन व्यावसायीले योजनाबद्ध तरिकाले फसाइएको जिकिर गर्दै आएका छन् । सन्दीप र उनका कानुन व्यावसायीले पीडित भनिएकी किशोरी नाबालिग नभएको जिकिरसमेत गरेका छन् । गएको भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध बलात्कारको जाहेरी परेको थियो ।

सन्दीपले भदौ ५ गते होटेल काठमाडौं इनमा लगेर एक नाबालिगमाथि बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।सन्दीपले आफु निर्दोष रहेको दाबी गर्दै आएका छन् । पीडित किशोरीलाई माइती नेपालको संरक्षणमा राखिएको छ ।

Advertisement

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top