NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ? शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ? शुक्रबार असार २० , २०८२
इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा शुक्रबार असार २० , २०८२
रविमाथि प्रतिशोध साँधियो भन्ने प्रहरी हेडक्वार्टर तानिए शुक्रबार असार २० , २०८२
Next
Prev

समाचार

बालेनको नगरमा मालाको गेटपनि निषेध / ‘झिलिमिली बत्ती’ मा ब्रम्हलुट !

आइतवार कार्तिक ६ , २०७९
Reading Time: 1 min read
A A
Advertisement
बालेनको नगरमा मालाको गेटपनि निषेध / ‘झिलिमिली बत्ती’ मा ब्रम्हलुट !
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

६ कात्तिक, काठमाण्डौ ।
फूल र बत्तीको झिलिमिलीले नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको रौनक बबढाउने गर्दछ । यसैले त तिहारलाई फूल र बत्तीको पर्व अर्थात उज्यालो चाड भन्ने गरिन्छ । यही फूलको पर्वमा काठमाडौं महानगरपालिकामा भने फूलका गेट लगाउन समेत महानगरले रोक लगाएको छ ।

काठमाडौं महानगरपालिकाको न्यूरोडमा तिहारका लागि सजाइएका फूलमालाहरु हटाएको छ । शनिबार न्यूरोडका सुन पसलहरुको गेटमा सजाएको फूलका मालाहरु आज बिहान महानगरले हटाएको हो । तिहारको समयमा समेत महानगरले पसलमा सजाइएको फूलमाला हटाएपछि न्यूरोडका व्यापारीहरु आक्रोसित भएका छन् ।

न्यूरोड असनका सुन पसलहरुले तिहारको अघिल्लो दिन विशेष तरिकाले आफना पसलहरु सजाएका थिए । महानगरले भने फुटपाथ ढाक्नेगरि फुलमाला सजाएको भन्दै हटाएको दावी गरेको छ । काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले बाटो नै ढाक्नेगरी राखिएको फुलका मालाहरु निकालिएको बताए का छन् ।

Advertisement

उनले भनेका छन् ,‘जसले फुटपाथ ढाकेर बाटो हिड्ने ठाउँमा राखेको छ नि । त्यस्तो ठाउँमा त्यो गर्न पाएन । जसरी भएपनि उसले विजनेश मोटिभमा गरेको हो नि त यहाँ सानो व्यापारीहरु भीडभाड हुन्छ भनेर बाहिर पसल नराख्ने अनि उनीहरु चाहिँ राख्न कहाँ पाइयो त ।’

उनले तिहारमा फुटपाथमा व्यापार गर्न नदिइने पनि बताएका छन् । यता तिहारमा सबैभन्दा बढी खपत हुने बस्तु ‘झिलिमिली बत्ती’ को यसपटक बजारमा अभाव र महँगो भएको भेटिएको छ । उज्यालो चाड भएकाले सहर बजार र गाउँमा समेत अहिले झिलिमिली बत्तीको खपत बढ्दो छ ।

लोडसेडिङ हुन छोडेपछि विद्युत लाइन पुगेका बस्तीहरुमा पनि अहिले यस्तै खालका झिलिमिली बत्ती नै बालिन्छ । मैन बत्ती वा हातले बनाइएका बत्तीलाई तेलले भिजाएर बालिने प्रचलन क्रमशः हट्दै गएको छ । तर झिलिमिली बत्तीको मूल्य गत वर्षको तुलानामा यसपाली १० प्रतिशतले बढेको छ ।

नेपाल विद्युतीय व्यवसायी महासंघले झिलिमिली बत्तीको मूल्य ८ देखि १० प्रतिशतले बढेको जनाएको छ । अमेरिकी डलरको मूल्य बढ्दा आयात गर्दा शुल्क पनि बढी तिर्नुपरेकाले मूल्य बढेको महासंघको दाबी छ । यससँगै, यस्ता बस्तुको आयातमा प्रतितपत्र (एलसी) खोल्दा अनिवार्य शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने भएकाले पनि झिलिमिली बत्तीको सहज आपूर्ति नहुँदा मूल्य बढेको महासंघका पदाधिकारीहरुले बताएका छन् ।

झिलिमिली बत्तीको उपलब्धता विगतका वर्षहरुको जस्तो सहज भने नरहेको महासंघ बताउँछ । विगतको माग बढेको तर, उपलब्धता भने कम रहेकाले सहजै पाउने अवस्था नरहेको व्यवसायीहरुले बताएका छन् । गत वर्ष ४० करोड मूल्य बराबरका झिलिमिली बत्ती आयात भएकोमा यसवर्ष घटेर ३० करोड बराबरको मात्रै आयात हुने अनुमान महासंघले गरेको छ ।

नेपालमा झिलीमिली बत्तीको उत्पादन नहुने भएकाले झालर, माला बत्ती, बल्ब लगायतका सबै प्रकारका बत्तीहरु चीनबाट बढी मात्रामा आयात हुन्छ । नेपालमा बिजुलीजन्य बस्तु तथा बत्तीहरु आयात वर्षमा १ अर्ब बढीको हुन्छ । तिहारमा नेट झालर, इलेक्ट्रिक दियो, एलईडी लाइट, एलईडी फ्रेम लाइट, एलईडी डिस्को लाइट लगायतका बत्तीहरु बिक्रि हुने गर्दछन् ।

Tags: #‘झिलिमिली बत्ती’ मा ब्रम्हलुट#काठमाडौं महानगरपालिकामा मालाको गेटपनि निषेध

लोकप्रीय

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२

विचार

थप समाचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
अन्तर्राष्ट्रिय

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?
ताजा समाचार

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह
अन्तर्राष्ट्रिय

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा
Breaking news

कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा

शुक्रबार असार २० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

00:11:21

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
कुलिङ पिरियडमा हेराफेरी, रामहरिको राजीनामा माग, कसले गर्याे बेइमानी ?

एमाले अब रामहरिको नेतृत्वमा नबस्ने, उनको कोर टिममा को को?

बुधबार असार १८ , २०८२

हालका पोस्टहरू

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.