राष्ट्रसंघका सैनिक सल्लाहकार र प्रधानसेनापति बीच भेट

५ कात्तिक ७९, आइतबार

६ कात्तिक , एजेन्सी ।
संयुक्त राष्ट्रसंघका महासचिवका सल्लाहकार जनरल ब्रियाम डिओपले प्रधानसेनापति प्रभुराम शर्मालाई जंगी अड्डामा भेटेका छन्। राष्ट्रसंघ स्थापना दिवसको अवसरमा नेपाली सेनाले गरेको २ दिने विशेष कार्यक्रममा सहभागी हुन आएका ब्रियाम जंगी अड्डा पुगेका हुन्।

आइतवार नै काठमाडौं आइपुगेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपत्यका पृतना हेड क्वार्टरका पृतनापति उपरथि योगराज शर्माले स्वागत गरेका थिए। जंगी अड्डास्थित शर्माको कार्यकक्षमा भएको भेटघाटमा नेपाली सेनाले विश्व शान्ति स्थापनामा पु¥याएको योगदान र भविष्यमा समेत नेपाली शान्ति सैनिकहरुको आवश्यकता तथा सहभागिताबारे छलफल भएको थियो।

छलफलका क्रममा जनरल डिओपले नेपाली शान्ति सैनिकहरुले विभिन्न शान्ति मिशनमा पु¥याएको योगदानको उच्च प्रशंसा गरे। यसलाई आगामी दिनहरुमा पनि निरन्तरता मिल्ने विश्वास उनले जनाएका छन्। प्रधानसेनापति शर्माले संयुक्त राष्ट्रसंघबाट हालसम्म प्राप्त सहयोग र अवसरको लागि धन्यवाद दिए।

Advertisement

उनले यसले निरन्तरता पाउने विश्वास व्यक्त गर्दै नेपाली सेना अझ पेशेवर रुपमा प्रभावकारी ढंगबाट शान्ति मिशनमा खटिने कटिवद्धता व्यक्त गरे। राष्ट्रसंघ मुख्यालयको उच्चस्तरीय भ्रमण तथा भेटघाटले नेपाल र नेपाली शान्ति सैनिकहरुले विश्व शान्ति स्थापनामा पु¥याएको योगदानको अन्तराष्ट्रिय जगतबाट उच्च मुल्याङ्कन भएको विश्वास नेपाली सेनाले लिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top