×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

गुल्मी २ मा गोकर्ण–रामकुमारी झाँक्रीको महाभिडन्त

८ कार्तिक २०७९

८ कात्तिक , काठमाण्डौ ।

०७४को चुनावी मोर्चामा एकअर्काका लागि दरिलो साथ बनेका युवा नेता गोकर्ण विष्ट र युवा नेतृ रामकुमारी झाँक्री अहिले दुई फरक पार्टीबाट आआफूलाई भोट माग्दै निर्वाचनमा होमिँदा गुल्मी २ मा चुनावी प्रतिस्पर्धा निकै रोचक बनेको छ । विगतमा विष्टको चुनावी मोर्चाको कमाण्डर बन्ने झाँक्री यस पटक उनकै प्रतिस्पर्धी बनेकी छन् ।

Advertisement

दुवैको गृह जिल्ला हो गुल्मी । झाक्री पहिलो पटक प्रत्यक्ष निर्वाचनमा होमिएकी हुन् भने विष्ट गुल्मी–२ बाट निरन्तर निर्वाचन जित्दै आएका छन् । युवाहरुमाझ लोकप्रिय छवि बनाएका दुवै नेताहरूले आफ्नो क्षेत्रमा चुनावी अभियानलाई तीव्र रूपमा अगाडि बढाएका छन् ।

विष्ट २०५६ देखि निरन्तर यस क्षेत्रमा चुनाव लड्दै आए पनि झाँक्री भने प्रत्यक्षतर्फ पहिलोपटक विष्टको विरासत तोड्ने उद्घोषसहित चुनावी मैदानमा आएकी हुन् । २०७४ सालको निर्वाचनमा विष्टलाई सोही क्षेत्रमा जिताउन भूमिका निर्वाह गरेकी झाँक्री अहिले सोही क्षेत्रमा उनैविरुद्ध सत्तारुढ गठबन्धनको उम्मेदवार बनेकी छन् ।

एमाले निकट अनेरास्ववियुको विद्यार्थी राजनीतिबाट उदाएकी झाँक्री अघिल्लो निर्वाचनमा एमालेको समानुपातिक सूचीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन् । पार्टी विभाजनपछि एकीकृत समाजवादी रोजेकी झाँक्री गठबन्धन सरकारमा मन्त्रीसमेत भइन् ।

यस पटक गठबन्धनको बलमा चुनाव जित्ने दाउमा छिन् झाँक्री । तर उनलाई तीनपटक निर्वाचन जितेका विष्टसँग भिड्न त्यति सहज भने छैन । २०७४ को निर्वाचनमा पनि विष्ट गुल्मी २ बाट निर्वाचित भएका थिए । यो सँगै विष्टले २०५६, २०७० मा पनि यस क्षेत्रबाट चुनाव जितेका छन् । तर यसपटक गठबन्धनका कारण भने उनलाई त्यती सहज छैन ।

गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको नतिजालाई हेर्दा करिब १ हजार मतले गठबन्धन अगाडि छ । तर, केही समयअघि एकीकृत समाजवादीका जिल्ला अध्यक्ष र जिल्ला इन्चार्ज लगायतका नेताहरु एमालेमै फर्किएका छन् ।

यसले समाजवादीसँगै गठबन्धनलाई धक्का लागेको छ । समाजवादीको मत खासै धेरै नरहेकाले निर्वाचित हुनको लागि कांग्रसकै भर पर्नुपर्ने अथवा गठबन्धनकै सहयोगले आफूले निर्वाचन जित्ने झाँक्रीको दाबी छ । यता, विगतमा गरेका धेरै कामहरुको निरन्तरताको लागि प्रतिनिधिसभा तर्फ पुनः गुल्मी २ बाट उम्मेदवारी दिएको विष्टले बताउँदै आएका छन् ।

गुल्मी २ मा बागी उम्मेदवारी दिएका कांग्रेस नेता डा. दामोदर भुसालले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि झाँक्रीमा थप आशा पलाएको छ । विष्ट मन्त्री हुँदा विभिन्न काम गरेर चर्चा कमाएका थिए । पछिल्लोपटक श्रममन्त्री हुँदा सामाजिक सुरक्षा योजना प्रारम्भ तथा कार्यान्वयन, प्रधानमन्त्री रोजगार कार्यक्रमको सुरूवात, नेपाली श्रमिकको न्यूनतम तलब ३९ प्रतिशतले वृद्धि, सातै प्रदेशमा श्रम तथा रोजगार कार्यालय स्थापना, प्रदेशबाटै श्रम स्वीकृति लगायतका कामले विष्ट चर्चामा आएका थिए ।

Advertisement

झाँक्रीले पनि छोटो समय शहरी विकास मन्त्री हुँदा नीतिगत सुधारका काम गरेको बताउने गरेकी छन् । एमालेका सचिव गोकर्ण विष्ट र नेकपा एसकी सचिव रामकुमारी झाँक्री अहिले अलग अलग पार्टीबाट चुनावी मैदानमा आएकाले अन्योलमा परेका मतदाताले कसलाई विजयी गराउँछन् भन्नका लागि चाँही केही दिन मात्रै प्रतिक्षा गर्नुपर्ने छ ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top