युनिफिकेसन चर्च प्रकरणले जापानी मन्त्रीको पद गयो

८ कात्तिक , एजेन्सी ।

Advertisement

जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको गोली हानी हत्या भएपछि जापानी सत्तासँग जोडिएको खुलासापछि विवादमा आएको युनिफिकेसन चर्च प्रकरणका कारण एक जापानी मन्त्रीले राजीनामा दिएका छन् ।चर्चसँगको आफ्नो सम्बन्धबारे स्पष्ट पार्न नसकेपछि जापानका एक जना मन्त्रीले पदबाट राजीनामा दिएका हुन ्।

समाचार संस्था रोयटर्सका अनुसार आर्थिक पुनरूत्थान मन्त्री दाइसिरो यामागिवाले सोमबार राजीनामा दिएका हुन्। प्रधानमन्त्री फुमिओ किसिदाले उनको राजीनामा स्वीकार गरेका छन्। यसअघि गत साता प्रधानमन्त्री किसिदाले युनिफिकेसन चर्चमाथि अनुसन्धान गर्न निर्देशन दिएका थिए।

Advertisement

पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्यामा उक्त चर्च जोडिएपछि किसिदाले अनुसन्धान गर्न निर्देशन दिएका हुन्। गत जुलाई ८ मा चुनावी अभियानमा रहेका बेला आबेलाई गोली हानिएको थियो। आबेलाई गोली हान्ने व्यक्तिले आफ्नी आमाले थुप्रै पैसा चर्चलाई दान दिएको र त्यसैका कारण टाट पल्टिएको बताएका छन्।

आबेले त्यही चर्चलाई प्रवर्द्धन गरेको भन्दै उनीमाथि गोली हानेको उनले प्रहरीलाई बताएका थिए। त्यसपछि उक्त चर्चसँग राजनीतिज्ञहरूको सम्बन्ध र राजनीतिक सम्बन्धकै कारण उक्त चर्चले पाएका सुविधाबारे छानबिन गर्न चर्को माग उठेको थियो। उक्त चर्चसँग विभिन्न नेताहरूको सम्बन्ध देखिएपछि प्रधानमन्त्री किसिदाले माफी मागेका थिए।

Advertisement

धार्मिक समूहका रूपमा रहेको उक्त चर्चमाथि अनुसन्धान गर्न सुरूमा आनाकानी गरेका प्रधानमन्त्री किसिदाले सोमबार चर्चमाथि तत्काल अनुसन्धान गर्न निर्देशन दिएका हुन्। उक्त अनुसन्धान सुरू भएपछि राजीनामा दिने यामागिवा पहिलो मन्त्री हुन्। युनिफिकेसन चर्चको स्थापना सन् १९५० को दशकमा कोरियाली नागरिक सन म्योङ मुनले स्थापना गरेका हुन्।

केही वर्षपछि यसको बिस्तार जापानमा पनि भएको थियो। चर्चले आफ्ना स्टाफहरूलाई नेताहरूको कार्यालयमा स्वंयसेवकका रूपमा पठाउने गर्छ। त्यसैबाट राजनीतिक सम्बन्ध बिस्तार गर्छ। यो चर्चलाई द फ्यामिली फेडेरेसन फर वर्ल्ड पिस एन्ड युनिफिकेसन भनिन्थ्यो। तर अहिले धेरैले यसलाई युनिफिकेसन चर्च भनेर चिन्छन्। यो चर्चमा नेपालका पूर्वमन्त्री एकनाथ ढकाल पनि जोडिएका छन्।

उक्त चर्चका नाममा उनले नेपालमा विभिन्न कार्यक्रम गरिरहेका छन्। एकनाथ ढकाल अहिले प्रतिनिधि सभा सदस्यका लागि नेकपा (एमाले) को समानुपातिक सूचीमा छन्। यसअघि नेपाल परिवार दल खोलेका उनी सोही पार्टीबाट दुई पटक सांसद भएका थिए। २०६९ मा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उनी पहिलो पटक सहकारी तथा गरिबी निवारण मन्त्री बनेका थिए।

२०७२ मा केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा उनी फेरि शान्ति मन्त्री बनेका थिए। २०७५ मंसिर एकनाथको युनिफिकेसन चर्चले काठमाडौंमा एसिया प्यासिफिक सम्मेलन गरेको थियो। उक्त सम्मेलनका नेपालका सबै राजनीतिक दलका प्रमुख नेताहरू सहभागी भएको र उनीहरूले होली वाइन पिएको भन्दै आलोचना भएको थियो।

अहिले पनि होली वाइन प्रकरण कै कारण एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कटाक्ष गर्ने गरिएको छ । केही दिन अघि मात्रै एमाले नेता भीम रावलले होली वाइनका सुत्रधार ढकाललाई समानुपातिकको बन्द सूचीमा राखेको भन्दै ओलीको तीव्र आलोचना गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top