ऋषि सुनकको लोभलाग्दो उपलब्धि, देउवाले दिए बधाई

८ कात्तिक,एजेन्सी ।

बेलायतको कन्जरभेटिभ पार्टीका नेता ऋषि सुनक बेलायतको पहिलो भारतीय मूलका प्रधानमन्त्री बनेका छन् । प्रधानमन्त्री लिज ट्रससँग पराजित भएको दुई महिना पनि नपुग्दै कन्जरभेटिभ पार्टीका तर्फबाट ४२ वर्षीय सुनक प्रधानमन्त्री बनेका हुन् ।

प्रधानमन्त्री भएको डेढ महिनामा लिज ट्रसले पदबाट राजीनामा दिएपछि नेता सुनकको भाग्योदय भएको हो । मन्त्रिपरिषद्का एक जना सदस्यलाई बर्खास्त गरेपछि उनले चर्को आलोचना खेप्नु परेको थियो । साथै उनको कार्यकालमा बेलायतको मुद्रा अवमूल्यन भएको थियो ।

Advertisement

गत बिहीबार उनले राजीनामा दिएपछि ऋषि सुनक र पूर्वप्रधानमन्त्री बोरिस जोनसन नयाँ प्रधानमन्त्रीको दौडमा थिए । तर, बोरिस जोनसनले आफूलाई आवश्यक समर्थन रहेको दाबी गरे पनि पछि कन्जरभेटिभ पार्टीको नेतृत्व दौडबाट उनी बाहिरिएका थिए । प्रधानमन्त्रीमा पेनी मोर्डन्टले पनि आधिकारिक रुपमा दाबी पेश गरेकी थिइन् ।

तर अन्तिम समयमा उनले पनि आफ्नो दाबी फिर्ता लिएपछि ऋषि एसियाली मुलका पहिलो बेलायती प्रधानमन्त्री बन्ने पक्का भएको थियो । अक्सफोर्डमा दर्शन, राजनीति र अर्थशास्त्रको पढाइ गरेका उनले राजनीतिमा आउनु अगाडि बैंकमा काम गरेका थिए ।

Advertisement

उनले युरोपियन युनियनबाट अलग हुने नहुने बारे भएको जनमत संग्रहमा पक्षमा प्रचार गरोका थिए र उनको संसदीय क्षेत्रमा ईयू छाड्ने पक्षमा ५५ प्रतिशत जनताले मत दिएका थिए । बेलायती राजनीतिमा नयाँ प्रधानमन्त्री सुनकको निकै छिटो उदय भयो । सुनक पूर्वी अफ्रिकाबाट बेलायतमा बसाइँ सरेका भारतीय मूलका आमाबाबुका सन्तान हुन् ।

उनी हिन्दू धर्मावलम्बी हुन् । उनले यसअघि गीता छोएर सपथ लिएका थिए । अक्सफोर्ड र स्ट्यानफोर्ड विश्वविद्यालयका पूर्व छात्र सुनकले इन्फोसिसको संस्थापक प्रख्यात अर्बपति व्यापारी नारायण मूर्तिकी छोरी अक्षता मूर्तिसँग विवाह गरेका छन् । उनले सन् २०१५ मा ३५ वर्षको उमेरमा पहिलो पटक संसद्को निर्वाचन जितेका थिए । सांसद बनेको सात वर्षपछि उनी अहिले प्रधानमन्त्री बनेका हुन् ।

यसअघि कोभिड–१९ महामारीको ठीक अघि ऋषि बेलायतको अर्थमन्त्री बनेका थिए । यो उनको लागि ठूलो उपलब्धि थियो किनभने बेलायतमा प्रधानमन्त्री पदपछि अर्थमन्त्रीको पद दोस्रो उच्च मानिन्छ । उनले अर्थमन्त्रीको रुपमा निकै राम्रो काम गरे, जसकारण पनि धेरैले उनलाई प्रधानमन्त्रीको रुपमा हेर्न चाहेका थिए ।

उनी बेलायतको पहिलो भारतीय मूलका र अश्वेत जातिको प्रधानमन्त्री हुन् । सन् २००८ मा अमेरिकामा बाराक ओबामा राष्ट्रपति निर्वाचित हुँदा जस्तै ऋषिको प्रधानमन्त्री बन्नु ऐतिहासिक क्षण हुने धेरै विज्ञहरू बताउँछन् । सुनकभन्दा अगाडि पनि दक्षिण एसियाली मूलका नेताहरू ठूलो पदमा पुगिसकेका छन् ।

प्रिति पटेल बेलायतको गृहमन्त्री र सादिक खान लण्डनका मेयर बनेका छन् । तर, अहिलेसम्म एसियाली मूलका कोही पनि प्रधानमन्त्री बनेका थिएनन् । राजनीतिक विश्लेषकहरूका अनुसार ऋषिको उदय एसियाली समुदायहरूको सफलतासँग जोडिएको छ । ऋषिजस्ता नेताको उदयका कारण नै बेलायती समाजमा विविधता आएको उनीहरुको भनाइ छ ।

भर्खरै गरिएको सर्वेक्षण अनुसार ऋषि बेलायतका २५० सबैभन्दा धनी परिवारमा पर्छन् । यसैबीच बेलायतको नयाँ प्रधानमन्त्री बनेका सुनकलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बधाई दिएका छन् ।

प्रधानमन्त्रीले आज सामाजिक सञ्जाल ट्विटरमार्फत उनलाई यो महत्वपूर्ण जिम्मेवारीका लागि शुभकामना व्यक्त गर्दै लामो समयदेखिको नेपाल–बेलायत सम्बन्धलाई अगाडि बढाउन उनीसँग काम गर्न आफू तत्पर रहेको उल्लेख गरेका छन् ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top