×

NEPAL TIMES UPDATES

Playing
F– 35, MV–22, USS Tripoliले घेरियो होर्मुज, साउदी किन बेचैन ? || Nepal Times
Apr 14, 2026
Playing
मन्त्री सस्मितको सम्पत्ति र बाबुको विगत || Nepal Times
Apr 14, 2026
Playing
इ*रानलाई आत्मस*र्मपण गराउन नाकाब*न्दी|| Nepal Times
Apr 14, 2026
Playing
World News: आज Israel–Lebanonबीच दुर्लभ वार्ता, चिनियाँ ट्यांकर होर्मुज पार || Nepal Times
Apr 14, 2026
Playing
पर्यटनको ‘भर्जिन गन्तव्य’ कर्णाली : कहाँ घुम्ने, कसरी पुग्ने ? || Nepal Times
Apr 14, 2026
Playing
अब विश्वास पात्र महासचिवले नै ओलीलाई बिदाइ गर्ने ? || Nepal Times
Apr 14, 2026
Playing
२०८२ लाई फर्केर हेर्दा,परिवर्तनको संकेत बोकेको वर्ष २०८२ #genz #nepal #newyear|| Nepal Times
Apr 14, 2026
Playing
प्रहरी मारिएकोदेखि न्यायालय जलाइएको वर्ष २०८२ || Nepal Times
Apr 14, 2026
Playing
Top 15 Afternoon News || April-14-2026 || Nepal Times
Apr 14, 2026
Playing
इरानी सेनाको समर्थनमा सडकमा उत्रिए जनता, पुटिनले दिए साथ || Nepal Times
Apr 14, 2026

नेकपा एसको घोषणापत्र, युवालाई १० लाख ऋण ,अतिक्रमित भूमि फिर्ता लिने

१४ कार्तिक २०७९

१४ कात्तिक, काठमाण्डौ ।

नेकपा एकीकृत समाजवादी पार्टीले अहिलेको निर्वाचन प्रणाली सुधार गर्ने प्रस्ताव गरेको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सोमबार सार्वजनिक गरिएको घोषणापत्रमा सो कुरा उल्लेख छ । सोमबार बानेश्वरस्थित पार्टी कार्यालयबाट एकीकृत समाजवादीका नेताहरुले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

Advertisement
Advertisement

नेकपा एमालेबाट विद्रोह गरेर बनेको एकीकृत समाजवादीले सुशासन र पारदशीताको लागि घरदैलोमै प्रभावकारी सेवा दिनुपर्ने बताएको छ । समाजवादीले आत्मनिर्भर अर्थतन्त्र निर्माणको लागि कृषिको आधुनिकीकरण, स्वदेशी कच्चा पदार्थ आधारित उद्योग, ऊर्जालगायतका क्षेत्रमा उत्पादन एवं व्यापार वृद्धि तथा पर्यटन, व्यवस्थापन र सूचना तथा प्रविधी लगायतका सेवा क्षेत्रको विकास एवं विस्तार गरेर परनिर्भरता कम गर्दै जानु र आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्ने मुख्य आर्थिक कार्यभार अघि सारेको छ ।

यस्तै घोषणापत्रमा ‘सिँचाइमा लगानीः कृषियोग्य जमिनमा पानी’को नारा दिँदै पूर्वदेखि पश्चिमसम्मका नदी जोड्ने महत्त्वाकांक्षी योजना राखेको छ । ‘नेपालको पानी, नेपालमै’ भन्ने अवधारणा अघि सार्दै उसले सबै नदी एकअर्कासँग जोडेर पूर्व पश्चिम मेगा नहर राष्ट्रिय गौरवको आयोजना बनाउन पहल गरिने घोषणापत्रमा उल्लेख गरेको छ ।

सिँचाइ, खानेपानी तथा जलमार्गको विकास गर्ने दिर्घकालीन सोचका साथ यो योजना ल्याइएको सो पार्टीले जनाएको छ । त्यस्तै विदेशबाट फर्केका युवालाई कृषि पेशामा आकर्षित गर्न १० लाखसम्म निब्र्याजी ऋण दिने व्यवस्था गर्न अभियान नै सञ्चालन गर्न घोषणा गरेको छ ।

‘घरघरमा बिजुली–जनजनमा सेयर’ नीति लागू गर्ने प्रतिबद्धता जाहेर गरेको छ। तीनै तहको सरकारको सहकार्यमा हरेक घर–परिवारलाई मासिक रूपमा २०० युनिटसम्म विद्युत् महसुलमा छुट दिने प्रतिबद्धता नेकपा एसले गरेको छ । मित्र राष्ट्रसँंगको सीमा समस्या समाधान गर्न पहल गर्ने घोषणा पनि उसले गरेको छ।

घोषणापत्रमा भनिएको छ, ‘नेपालको अन्तर्राष्ट्रिय सिमानालाई अन्तर्राष्ट्रिय कानून र स्थापित मूल्य मान्यताअनुरुप नियमित गर्ने, देशको सिमाना दशगजा क्षेत्रलाई व्यवस्थित गरी राष्ट्रिय सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै देशबाट बाहिरिने र देशमा भित्रिने मानिसहरूको व्यवस्थित रेकर्ड राखिने छ ।’

Advertisement

खुला सिमानालाई व्यवस्थित गर्न सक्दा मानव बेचबिखन तथा ओसारपसार र अन्य अपराधहरू नियन्त्रण गर्न पनि सहज हुने उल्लेख छ । यस मामिलामा सम्बन्धित पक्षसँग वार्ता गरी समस्या समाधान गर्न पहल गरिने नेकपा एसले जनाएको छ ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top