Nepal Times
Nepal Times
3
Shares

नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ भारतीय टिममा अनुबन्धित

नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ भारतीय टिममा अनुबन्धित

१८ कात्तिक, एजेन्सी ।
नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर तथा कप्तान किरण चेम्जोङ भारतको आईलिग टोली राउण्डग्लास पन्जाब एफसीमा अनुबन्धित भएका छन् ।पन्जाबले किरणलाई नयाँ सिजन २०२२÷२३ का लागि अनुबन्ध गरेको हो । पन्जाबले बिहीबार पत्रकार सम्मेलन गर्दै किरणसहित अन्य ४ विदेशी खेलाडी सार्वजनिक गरेको छ ।

३२ वर्षीय किरणले यस अघि २०१९÷२० को सिजन पन्जाबबाट आईलिग खेलेका थिए । त्यस सिजन किरण आईलिगमा किरण उत्कृष्ट गोलकिपर चुनिएका थिए ।यस्तै किरणले चौंथो सिजन आईलिग खेल्न लागेका हुन् । किरणले मिनेर्भा पन्जाबबाट सन् २०१७–१८ सिजनमा उपाधि समेत जितेका थिए ।

किरणले पत्रकार सम्मेलनमा यस पटक आफ्नो टोली बलियो रहेको बताए ।’भारतमा मेरो चौंथो सिजन हो । राउण्डग्लास पन्जाबबाट दोस्रो पटक खेल्दैछु,’ उनले भने, ‘पछिल्लो सिजन नतिजा राम्रो भएपनि हामीले उपाधि जित्न सकेनौं । यसपटक हाम्रो तयारी निकै राम्रो रहेको छ ।’ ‘पछिल्लो दुई सिजन कोरोनाका कारण लिग बायो–बबलमा आयोजना भएको थियो । यसपटक होम र अवे पद्दतिमा खेल हुँदैछ । समर्थकको उपस्थितिले हामीलाई थप हौसला मिल्नेछ,’ उनले भने ।

किरणले आइलिगमा उत्कृष्ट गोलरक्षकको उपाधि समेत हात पारिसकेका छन् । उनले मिनेर्भा पन्जाबबाट सन् २०१७–१८ सिजनमा लिग उपाधि पनि जितेका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.