नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ भारतीय टिममा अनुबन्धित

१८ कात्तिक, एजेन्सी ।
नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर तथा कप्तान किरण चेम्जोङ भारतको आईलिग टोली राउण्डग्लास पन्जाब एफसीमा अनुबन्धित भएका छन् ।पन्जाबले किरणलाई नयाँ सिजन २०२२÷२३ का लागि अनुबन्ध गरेको हो । पन्जाबले बिहीबार पत्रकार सम्मेलन गर्दै किरणसहित अन्य ४ विदेशी खेलाडी सार्वजनिक गरेको छ ।

३२ वर्षीय किरणले यस अघि २०१९÷२० को सिजन पन्जाबबाट आईलिग खेलेका थिए । त्यस सिजन किरण आईलिगमा किरण उत्कृष्ट गोलकिपर चुनिएका थिए ।यस्तै किरणले चौंथो सिजन आईलिग खेल्न लागेका हुन् । किरणले मिनेर्भा पन्जाबबाट सन् २०१७–१८ सिजनमा उपाधि समेत जितेका थिए ।

किरणले पत्रकार सम्मेलनमा यस पटक आफ्नो टोली बलियो रहेको बताए ।’भारतमा मेरो चौंथो सिजन हो । राउण्डग्लास पन्जाबबाट दोस्रो पटक खेल्दैछु,’ उनले भने, ‘पछिल्लो सिजन नतिजा राम्रो भएपनि हामीले उपाधि जित्न सकेनौं । यसपटक हाम्रो तयारी निकै राम्रो रहेको छ ।’ ‘पछिल्लो दुई सिजन कोरोनाका कारण लिग बायो–बबलमा आयोजना भएको थियो । यसपटक होम र अवे पद्दतिमा खेल हुँदैछ । समर्थकको उपस्थितिले हामीलाई थप हौसला मिल्नेछ,’ उनले भने ।

किरणले आइलिगमा उत्कृष्ट गोलरक्षकको उपाधि समेत हात पारिसकेका छन् । उनले मिनेर्भा पन्जाबबाट सन् २०१७–१८ सिजनमा लिग उपाधि पनि जितेका थिए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top