विश्वकपमा दक्षिण अफ्रिका हार्दा भारत सेमिफाइनलमा

२० कात्तिक, एजेन्सी ।
अष्ट्रेलियामा जारी सुपर १२ को समूह बी बाटै बाहिरिएको छ । सेमिफाइनलमा पुग्न निर्णायक खेलमा नेदरल्यान्ड्ससँग दक्षिण अफ्रिका स्तब्ध भएपछि भारत स्वत सेमिफाइनलमा पुगेको छ । भारत अन्तिम खेलअघि नै सेमिफाइनलमा प्रवेश गरेको हो । नेदरल्याण्डसलाई पराजित गरेमा दक्षिण अफ्रिका सेमिफाइनलमा पुग्ने थियो ।

राम्रो सुरुवात गरेपनि निर्णायक खेलमा चुकेपछि दक्षिण अफ्रिका सुपर १२ बाटै बाहिरिएको छ । दक्षिण अफ्रिकाको हारले पाकिस्तान र बंगलादेशलाई पनि राहत भएको छ । अहिले यी दुई देश खेलिरहेका छन् । जसमा बंगलादेशले पाकिस्तानलाई १२८ रनको सामान्य लक्ष्य दिएको छ । अब पाकिस्तान र बंगलादेशको विजेता टोली सेमिफाइनलमा पुग्नेछन् ।

पाकिस्तानले बङ्लादेशलाई हराएको खण्डमा वा बराबरी भए पनि सेमिफाइनल पुग्नेछ । शनिबारको खेलमा जितको लागि १ सय ५९ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४५ रन बनायो । दक्षिण अफ्रिका ब्याटर राइली रोसोउले १९ बलमा २ चौकासहित २५ रन बनाए ।

Advertisement

ओपनर क्विन्टन डि कक १३ र टेम्बा बभुमा २० रनमा आउट भए । बभुमाले २० बलमा २ चौका हाने । एडेन माक्ररम र डेविड मिलर १७–१७ रनमा आउट भए । हेनरिक क्लासेन १८ बलमा १ छक्कासहित २१ रनमा आउट भए । केशव महाराज १३ रनमा आउट भए । नेदरल्यान्ड्सका ब्रेन्डन ग्लोभरले २ ओभरमा ९ रन खर्चेर ३ विकेट लिए ।

फर्द क्लासेनले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । बास डि लिडेले ३ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । त्यसअघि एडिलेड ओभलमा टस हारेर पहिला ब्याटिङ थालेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५८ रन बनाएको थियो । नेदरल्यान्ड्सका कोलिन एकरम्यानले २६ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ४१ रनमा अविजित रहे ।

Advertisement

ओपनर स्टिफन माइबर्ग ३० बलमा ७ चौकासहित ३७ र म्याक्स ओडाउड २९ रनमा आउट भए । मध्यक्रमका ब्याटर टम कपुरले १९ बलमा २ चौका र २ छक्कासहित ३५ रन जोडे । कप्तान स्कर्ट एडवार्ड्सले १२ रन बनाए । दक्षिण अफ्रिका तीव्र गतिका बलर एनरिच नोर्कियाले ४ ओभरमा १० रन खर्चेर १ विकेट लिए ।

स्पिनर केशव महाराजले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । एडेन माक्ररमले एक विकेट लिए । सुपर १२ को समूह ए बाट न्यजिल्यान्ड समूह विजेता र इंग्ल्यान्ड उपविजेता हुँदै सेमिफाइनलमा पुगेका छन् । ग्रुप २ मा भारतको ४ खेलबाट ६ अंक छ । पाकिस्तान र बंगलादेशको समान ४ अंक छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top