×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

गर्मीका कारण युरोपमा १५ हजारको मृत्यु

२२ कार्तिक २०७९

२२ कात्तिक, एजेन्सी ।
अधिक चिसो र हिमपात समेत हुने युरोपमा सन् २०२२ मा तातो मौसमका कारण कम्तीमा १५ हजार मानिसको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुशार तातो हावाबाट सबैभन्दा बढी स्पेन र जर्मनी प्रभावित भएका छन् ।

जुनदेखि अगस्टसम्मको तीन महिना रेकर्डहरू सुरु भएदेखि युरोपमा सबैभन्दा तातो थियो र असाधारण रूपमा उच्च तापक्रमले महाद्वीप मध्य युगपछिकै सबैभन्दा खराब खडेरीको साक्षी बन्यो ।

Advertisement
Advertisement

डब्ल्यूएचओका युरोपका क्षेत्रीय निर्देशक हान्स क्लुगेले एक विज्ञप्तिमा भनेका छन्, “अहिलेसम्म पेस गरिएको देशको तथ्यांकका आधारमा यो अनुमान गरिएको छ कि तातो हावाका कारण सन् २०२२ मा कम्तीमा १५ हजार मानिसको मृत्यु भएको अनुमान गरिएको छ’ ।

गर्मीको ३ महिनामा स्पेनमा करिब ४ हजार पोर्चुगलमा १ हजारभन्दा बढी, बेलायतमा ३२ सय भन्दा बढी र जर्मनीमा ४ हजार भन्दा बढीको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले रिपोर्ट गरेका छन् । यो वर्ष गर्मी याममा युरोपका विभिन्न भागमा उच्च तापक्रम मापन भएको छ भने डढेलोका कारण हजारौँ मानिस प्रभावित भएका छन् ।

स्पेनमा दर्जनौँ स्थानमा डढेलो लाग्यो भने फ्रान्समा हजारौँ मनिसहरू घर छोड्न बाध्य भएका थिए । लन्डन फायर ब्रिगेडले थुप्रै स्थानमा आगो निभाउनुपरेको थियो । यूकेमा बढ्दो तापक्रमले रेकर्ड तोड्यो । धेरै स्थानमा यातायात अवरुद्ध भएका थिए । वैज्ञानिकहरू युरोपमा फैलिएको उष्णलहरको कारण जलवायु परिवर्तन भएको बताउँछन् ।

Advertisement

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top