बार्सिलोनाको संघर्षपूर्ण जित

एजेन्सी, भदौ १०
स्पेनिस ला लिगा फुटबलमा क्याटलान क्लब बार्सिलोनाले संघर्षपूर्ण जित निकालेको छ । बार्सिलोनाले रियल भालाडोलिडमाथि १–० को कठिन जित निकालेको हो । भालाडोलिडको घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोनालाई जित दिलाउन औसमाने डेम्बेलेले निर्णायक गोल गरे । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, ५७औं मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई १–० को अग्रता दिलाए ।

लुइस स्वारेजले गोल गरेपनि रेफ्रीले उनको गोललाई मान्यता दिएन । बार्सिलोनाका केही सुन्दर मौकाहरु भालाडोलिडका गोलरक्षकले बचाएको थियो । यता भालाडोलिडले पनि गोल गर्ने केही सुन्दर मौकाहरु खेर फालेको थियो । त्यसपछि थप गोल निस्कन नसक्दा बार्सिलोना १–० ले विजयी हुन सफल भयो । बार्सिलोनाको यो लगातार दोस्रो जित हो ।

जितसँगै बार्सिलोना ६ अंकसहति शीर्ष स्थानमा रहेको छ । यस्तै शनिबार राति नै भएको खेलमा एट्लेटिका मड्रिडे रायभालेकानोमाथि १–० को जित निकाल्यो । एट्लेटिकोको जितमा एन्टोइन ग्रिजम्यानले गोल गरे ।

Advertisement

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top