सन्दीपको टोली सीपीएलको शीर्ष स्थानमा

१० भदौ ७५, आइतबार
Share this
770shares

एजेन्सी, भदौ १०
नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित सेन्ट किट्स एन्ड नेभिस प्याट्रिओट्स क्यारेविन प्रिमियर लिग (सीपीएलको शीर्ष स्थानमा उक्लिएको छ । ब्रिजटाउन बार्बाडोसमा भएको खेलमा बार्बाडोस ट्रिडेन्सलाई ६ विकेटले पराजित गर्दै सेन्ट किट्स लिगको शीर्ष स्थानमा उक्लिएको हो ।

Advertisement

सेन्ट किट्सले ५ खेलबाट ३ जितसहित ६ अंक जोडेको छ । उसले रन रेटमा ट्रिनबागो नाइट राइडर्स, गुयाना अमेजन वारियर्स र जमैका तल्लावलाई पछि पारेको हो ।

बार्बाडोसले दिएको १ सय ४८ रनको लक्ष्य सेन्ट किट्सले ७ बल बाँकी छदा ४ विकेट गुमाएर पूरा ग¥यो । शुरुमै ओपनर क्रिस गेललाई शुन्य रन र एभिन लेविसलाई एक रनमा गुमाएर दवावमा आएको सेन्ट किट्सको इनिङ्स ब्रान्डन किङ र डिभोन थोमसले सम्हालेका थिए ।

Advertisement

ब्रान्डनले ६० रन जोड्दा थोमसले ३२ रनको योगदान दिए । बेन कटिङ २९ रनमा तथा टोम कुपर १३ रनमा नटआउट रहे । मोहम्मद इरफानले २ तथा वाहव रियाज र एस्ले नर्सले समान १ विकेट लिए । मोहम्मदले आफ्नो स्पेलको चार ओभरमा ३ मेडन राख्दै १ रन दिएर दुई विकेट लिन सफल भएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बार्बाडोसले निर्धा्रित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४७ रनको सम्मानजनक योगफल तयार पारेको थियो । बार्बाडोसका लागि जासोन होल्डरले ५४ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । शाइ होपले २६ रन जोडे । ड्याइन स्मिथ २० तथा मार्टिन गुप्तिलले १९ रन जोडे ।

Advertisement

एन्टोन डेभसिच र विन कटिङले समान दुई विकेट लिए । सेल्डन कटरेलले एक विकेट लिए । सन्दीप लामिछाने बार्बाडोसविरुद्धको खेलमा निकै महँगो सावित भए । आफ्नो स्पेलको चार ओभरमा सन्दीले ४३ रन खर्चदा एक विकेट पनि लिन सकेनन् ।

सेन्ट किट्सले २९ अगस्टमा गुयाना अमेजोन वारियर्ससँग खेल्नेछ । यो खेलबाट भने सन्दीप उपलब्ध हुने छैन । सन्दीप एसिया कप छनोटको लागि २८ अगस्टमा मलेसिया जानेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top