टिकटकले फेसबुकलाई पछार्यो ,११ हजार कर्मचारी कटौती हुने

२४ कात्तिक, काठमाण्डौ ।
छोटोसमयमा नै विश्वभरमा सर्वाधिक प्रयोगकर्ता बनाउन सफल भएको सामाजिक सञ्जाल फेसबुकको मातृ कम्पनी मेटाले आफ्ना ११ हजार कर्मचारी कटौती गर्ने भएको छ । यस वर्षको तेस्रो त्रैमासिक रिपोर्टमा पनि निरन्तर घाटामा गएपछि मेटाले आफ्ना कर्मचारीको १३ प्रतिशत अर्थात् ११ हजार कर्मचारी कटौती गर्ने घोषणा गरेको न्यूयोर्क टाइम्सले जनाएको छ ।

मेटामा अहिले ८७ हजार जनाभन्दा धेरै कर्मचारी रहेका छन् । पहिलो चरणमा ११ हजार कर्मचारी कटौती गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले बताएका छन् । उनले कर्मचारीप्रति माफी माग्दै कम्पनीको असहज अवस्थाका कारण जागिरबाट निकाल्न बाध्य भएको बताएका छन् । मेटाले यो वर्षमात्रै ८० अर्ब डलर सम्पत्ति गुमाइसकेको छ ।

विश्वव्यापीरूपमा आर्थिक वृद्धिदर घट्नु, टिकटकसँगको चर्को प्रतिस्पर्धा, एप्पलले आफ्नो गोपनीयतासम्बन्धी नियममा गरेको हेरफेर, मेटाभर्समा ठूलो खर्च र नियमन कसिलो हुने चिन्ता लगायतका कारण कम्पनीको आर्थिक अवस्था कमजोर बन्दै गएको जनाइएको छ ।आम्दानी पनि घट्दै गइरहेको अनि खर्च उच्च भएको समयमा सकेको ठाउँमा खर्च घटाउनुपर्ने बाध्यता रहेको कम्पनीले जनाएको छ ।

पछिल्ला महिनाहरूमा ब्याजदर वृद्धि, बढ्दो महँगी र युरोपमा ऊर्जा सङ्कटका कारण विश्व अर्थतन्त्र कमजोर हुनु लगायतका कारण माइक्रोसप्ट, ट्विटर र स्न्याप इङ्क जस्ता ठूला बहुराष्ट्रिय प्रविधि कम्पनीहरूले पनि कर्मचारी कटौती तथा नयाँ कमचारी भर्ना स्थगित गरिरहेका छन् । ट्विटरले गएको शुक्रवारमात्रै आधा कर्मचारीलाई निकालेको थियो ।

भर्खरको समाचार

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

सम्बन्धित समाचार

Scroll to Top