Nepal Times
Nepal Times
3
Shares

कांग्रेस नेताको उम्मेदवारीमा कांग्रेसकै अवरोध

कांग्रेस नेताको उम्मेदवारीमा कांग्रेसकै अवरोध

२५ कात्तिक, मोरङ ।
मोरङ क्षेत्र नम्बर–३ (१)मा कांग्रेसका मानबहादुर लिम्बुले उम्मेदवारी दर्ता गरेका छन् । त्यस क्षेत्रको उम्मेदवार शेखरचन्द्र थापाको बुधबार निधन भएपछि लिम्बूले टिकट पाएका थिए । प्रदेश–१ को वन, वातावरण तथा भू–संरक्षण मन्त्रीसमेत रहेका थापाको डेंगु तथा निमोनियाका कारण उपचारको क्रममा निधन भएको थियो ।

उनी गठबन्धनकोतर्फबाट मोरङ क्षेत्र नम्बर–३ (१) मा उम्मेदवार थिए । बिहीबार मनोनयन दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालयमा पुगेका लिम्बुलाई कांग्रेसकै कार्यकर्ताले अबरोध गर्दै नारावाजी गरेका थिए । अबरोधकाबीच उनलाई प्रहरीले निर्वाचन अधिकृतको कार्यालयमा पु¥याएको थियो ।

कांग्रेसमा लिम्बु सस्थापन इतर खेमाका हुन भने थापा संस्थापन पक्षका थिए । मृतक थापाकी श्रीमतीले टिकट पाउनुपर्ने भन्दै संस्थापन खेमाका कांग्रेस कार्यकर्ताले लिम्बुविरूद्ध नाराबाजी गरेका थिए ।

थापाको निधनपछि सो क्षेत्रमा कांग्रेसको तर्फबाट अर्को उम्मेदवारको मनोनयन प्रक्रिया सुरु भएपछि लिम्बुले उम्मेदवारी दिएका हुन् । निर्वाचन आयोगका अनुसार, कुनै क्षेत्रमा उम्मेदवारको निधन भएमा सम्बन्धित दलले अर्को उम्मेदवार मनोनयन गर्ने सुविधा पाउनेछ ।

त्यसका लागि निर्वाचन तालिका केही परिमार्जन हुने तर मतदानको मिति भने नफेरिने आयोगले जनाएको छ । प्रदेश ३ ,१ मा नेकपा एमालेका तर्फबाट किशोर राई उम्मेदवार बनेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.