Nepal Times
Nepal Times
3
Shares

नेपालीमूलका दीपेन्द्र गुरुङ बने मिस वर्ल्डका मालिक

नेपालीमूलका दीपेन्द्र गुरुङ बने मिस वर्ल्डका मालिक

२५ कात्तिक, एजेन्सी ।
संसारकै ध्यान खिच्ने विश्वसुन्दरी प्रतियोगिता (मिस वर्ल्ड)का मालिका नेपाल मूलका एक व्यवसायी बनेका छन् । नेपाली मूलका बेलायती व्यवसायी दीपेन्द्र गुरुङ मिस वर्ल्डका सहमालिक बनेका हुन् । गुरुङ स्वयं र प्रतिष्ठित ब्युटी पेजेन्ट वेबसाइट पेजेन्टइम्प्रेसले यसलाई पुष्टि गरेका छन् ।

यस वर्षको ७१ औं मिस वर्ल्ड संस्करणबाट गुरुङले औपचारिक रुपमा मिस वर्ल्डको नेतृत्व सम्हाल्नेछन् । स्थापनाकालदेखि नै मिस वर्ल्डको एकाधिकार बेलायती व्यवसायी जुलिया मोर्ले र उनको परिवारसँग थियो ।गुरुङ परिवारले यस वर्षको मिस वर्ल्डदेखि नेतृत्व सम्हाल्ने खबर पेजेन्टइम्प्रेसले लेखेको छ र यसलाई दीपेन्द्रले सेयर पनि गरेका छन् ।

व्यवसायी गुरुङ युरोपको वायुसेवा कम्पनी हिमालय जेट र विश्वचर्चित फिल्मको मल्टिप्लेक्स चेन प्रिभे लक्जरी सिनेमाजका मालिक समेत हुन् ।यस वर्षको मिस वर्ल्ड प्रतियोगिता सिंगापुर, जापान र पोल्याण्डमा गर्ने तयारी छ । यसका लागि वर्तमान विश्वसुन्दरीलाई लिएर दीपेन्द्र बुधबार सिंगापुर पुगेका छन् ।

सिंगापुरका संस्कृतिमन्त्री एडविन तोङसँग गुरुङको यसबारे बैठक पनि भएको छ । सन् २०२४ को विश्वसुन्दरी प्रतियोगिता नेपाल र भारतमध्ये एक ठाउँमा गर्ने समेत जनाइएको छ । नेपालमा मिस वर्ल्ड गर्ने कुरा दीपेन्द्रले उल्लेख गरे पनि मिति भने खुलाइएको छैन् ।

मिस वर्ल्डको वर्तमान कार्यकारी निर्माता स्टेफन मोर्लेले ‘गुरुङ परिवार अब मिस वर्ल्डको विरासतसँग जोडिएको बताएका छन् । हामी मिस वर्ल्डको ७१ औं संस्करणबाट यो समारोहलाई नयाँ उचाइमा लैजान चाहन्छौं । उनले भनेका छन्, सामूहिक रुपमा कार्यक्रम र परोपकारलाई अघि बढाउनेछौं ।’

मिस वल्र्ड आजभन्दा ७१ वर्षअघि सन् १९५१ देखि सुरु भएको थियो । स्टेफनले त्यसबेला फेस्टिवल अफ बेलायतको उत्सवको एक भागको रूपमा बिकिनी प्रतियोगिता आयोजना गरेका थिए जसलाई उनले फेस्टिवल बिकिनी प्रतियोगिता नाम दिएका थिए । जसले पछि मिस वल्र्डको नाम लिएको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.