विश्वकप फाइनलमा भारत र पाकिस्तान भिड्लान ?

२५ कात्तिक, एजेन्सी ।
अष्ट्रेलियामा जारी आठौं संस्करणको टी–ट्वान्टी विश्वकपमा आज दोस्रो सेमिफाइनल खेलमा भारत र इंग्ल्यान्डआमने सामने हुँदैछन् । एडिलेट ओभलमा हुने खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ । २००७ को पहिलो संस्करणको टी–ट्वान्टी विश्वकपको च्याम्पियन भारत २०१४ को विश्वकपमा पछिल्लो पटक फाइनलमा पुगेको थियो ।

विश्वकपको पहिलो सेमिफाइनलमा बुधबार पाकिस्तानले न्युजिल्याण्डलाई ७ विकेटले पराजित गरि फाइनलमा स्थान बनाईसकेको छ । फाइनल खेल आइतबार हुनेछ । राजनीतिकरुपमा एक अर्काका ‘दुश्मन’ र क्रिकेटका चीर प्रतिद्वन्द्वी भारत र पाकिस्तान फाइनलमा भेट हुन सक्ने अनुमान तीव्र छ ।

तर, त्यसका निम्ति आज हुने सेमिफाइनलमा भारतले बलियो ईंग्ल्याण्डको वाधा पार गर्नुपर्छ । हिजो न्यूजिल्याण्डलाई सहजरुपमा पराजित गरेर पाकिस्तानले १३ वर्षपछि टी–२० विश्वकपको फाइनलमा स्थान सुरक्षित गरिसकेको छ । यदि आज भारत विजयी भएको खण्डमा आइतबार हुने फाइनलमा भारत–पाकिस्तानबीचको बहुप्रतिक्षित भिडन्त हेर्न पाइनेछ ।

Advertisement

त्यो भनेको पाकिस्तानका निम्ति बदलाको मौका पनि हुनेछ । टी–२० विश्वकपको पहिलो संस्करणको फाइनलमा पाकिस्तान भारतसँग हारेको थियो भने यसै संस्करणको सुपर १२ मा पनि पाकिस्तानलाई भारतले कडा प्रतिस्पर्धामा पराजित गरेको थियो । सुपर १२ मा उत्कृष्ट प्रदर्शन गर्दै भारत समूह विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो ।

भारत दक्षिण अफ्रिकासँग पराजित भएको थियो भने अन्य ४ खेल जितेको थियो । ईंग्ल्याण्डले तीन म्याच जितेको थियो भने एउटामा हार र एउटा वर्षाका कारण रद्द भएको थियो । भारतलाई पराजित गर्दै इंग्ल्यान्ड तेस्रो पटक फाइनल पुग्न चाहन्छ । २०१० को तेस्रो संस्करणको टी–ट्वान्टी विश्वकपको च्याम्पियन इंग्ल्याण्ड २०१६ को विश्वकपमा फाइनल पुगेको थियो ।

Advertisement

दुवै टोलीले सिधै सुपर १२ मा स्थान बनाएका थिए । इंग्ल्यान्डले अफगानिस्तानलाई ५ विकेटले हराएर सुपर १२ को सुरुआत गरेको थियो । दोस्रो खेलमा आयरल्याण्डसँग डीएल पद्दतीमा ५ रनले पराजित इंग्ल्यान्डले तेस्रो खेल घरेलु टोली तथा डिफेन्डिङ च्याम्पियन अष्ट्रेलियासँग वर्षाका कारण खेल्न पाएन ।

चौथो खेलमा न्युजिल्याण्डलाई २० रनले पराजित गरेको इंग्ल्यान्डले समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ४ विकेटले हराएको थियो । यद्यपि, ईंग्ल्याण्डभन्दा भारत बढी सन्तुलित छ । ईंग्ल्याण्डको बलियो पक्ष ब्याटिङ हो । यता भारत भने ब्याटिङ बलिङ र फिल्डिङ तीनवटै पक्षमा सुदृढ देखिन्छन् । उच्च लयमा रहेका बिराट कोहली टिमका प्रमुख शक्ति हुन् ।

भारतीय टिममा ओपनिङ जोडीका रुपमा कप्तान रोहित शर्मा र केएल राउल रहेका छन् । उनीहरु दुवै टी–२० का उत्कृष्ट ब्याट्सम्यान हुन् । यता सेमिफाइनलको पूर्वसन्ध्यामा ईंग्ल्याण्डका महत्वपूर्ण दुई खेलाडी अनुपस्थित रहने भएका छन् । चोटका कारण ब्याट्सम्यान डेविड मलान र बलर मार्क उड टिममा नरहने भएका हुन्

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

ffa015e2-9865-4845-91e1-255af2ca8345

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

रास्वपाको अर्थ र परराष्ट्र नीति कस्तो ?संख्या पुगेका दिन प्रदेश खारेज

730732303_4445183819104388_7343949058751405664_n

रास्वपा महाधिवेशनः प्रवासबाट मोबाइलबाट मतदान,८० इलेक्ट्रोनिक भोटिङ मेसिन तयार

727884813_1548983026629459_8284300754837046559_n

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

सम्बन्धित समाचार

Scroll to Top