Nepal Times
Nepal Times
3
Shares

घरमै स्वास्थ्य जाँच गरिदिएपछि ज्येष्ठ नागरिक दंग

घरमै स्वास्थ्य जाँच गरिदिएपछि ज्येष्ठ नागरिक दंग

२५ कात्तिक, विराटनगर ।

विराटनगर महानगरपालिका वडा नम्बर ८ को कार्यालयले वडाभित्र रहेका ज्येष्ठ नागरिकहरुको घरमै पुगेर स्वास्थ्य परीक्षण गरेको छ । घरमै आएर स्वास्थ्य जाँच गरेपछि ज्येष्ठ नागरिक पनि दंग परेका छन् । स्थानीय ८३ वर्षीय भीमबहादुर धितालले वडाले यसअघि कहिल्यै पनि घरमै आएर स्वास्थ्य जाँच नगरेको बताए ।

यसरी घरमै आएर स्वास्थ्य जाँचेर औषधि दिएकोमा अत्यन्तै खुसी लागेको उनले बताएका छन् । त्यस्तै ९१ वर्षीया सुरेन्द्रकुमारी कोइराला पनि वडाको कार्यप्रति निकै खुसी देखिएकी छिन् । उनले ज्येष्ठ नागरिकलाई माया गर्नेको सधैं उन्नति हुने बताइन ।

“अहिले धेरै ज्येष्ठ नागरिकहरु परिवारबाटै अपहेलित भएर बस्नुपरेको छ,” उनले भनिन्, “वडा कार्यालयले घरमै आएर स्वास्थ्य जाँच गर्दा साह्रै खुसी लागेको छ ।” आफूले जनतामाझ जनाएको प्रतिवद्धता र हाम्रा प्रेरणाका स्रोत ज्येष्ठ नागरिकको यसरी घरमै गएर स्वास्थ्य जाँच गराउन पाउँदा आफूलाई पनि जनप्रतिनिधिका रुपमा सन्तुष्टि मिलेको वडानम्बर ८ का वडाध्यक्ष राम पोखरेलले बताए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.