नेपाली क्रिकेट टोलीले आज श्रीलंकामा अन्तिम अभ्यास खेल खेल्दै

नेपाली क्रिकेट टोलीले आज श्रीलंकामा अन्तिम अभ्यास खेल खेल्दै

काठमाडौं, भदौ १०
मलेसियामा आयोजना हुने एसिया कप छनोट प्रतियोगिताको तयारीमा श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आज अन्तिम अभ्यास खेल खेलिरहेको हो । नेपालले कोल्टस् क्रिकेट क्लबसँग अन्तिम अभ्यास खेल खेलीरहेको छ ।

खेल नेपाली समयअनुसार बिहान १०ः१५ बजेपछि शुरु भएको छ । नेपालले यसअघिका दुवै खेलमा जित हात पारेको थियो । आजको खेलमा पनि जित हात पार्दै नेपाली क्रिकेट टोली श्रीलंका भ्रमणलाई सफल बनाउन चहान्छ । कोल्टस् क्लबबाट कुशल परेरा, दिलरुवान परेरा जस्ता खेलाडीहरुले खेल्ने गर्दछन् ।

कोल्ट्ससँगको अन्तिम अभ्यास खेलपछि नेपाली टोली सोमबार मलेसिया प्रस्थान गर्नेछ । एसिया कपको छनोटमा नेपालसहित आयोजक मलेसिया, युएई, हङकङ, सिंगापुर र ओमानले खेल्नेछन् ।

नेपालले ओमानसँग २९ अगस्टमा बायुमास ओभलमा खेल्नेछ । त्यसपछि ३० अगस्टमा युएईसँग किनरारा ओभलमा प्रतिस्पर्धा गर्नेछ । १ सेप्टेम्बरमा मलेसिया, २ सेप्टेम्बरमा सिंगापुर तथा ४ सेप्टेम्बरमा हङकङसँग खेल्नेछ ।

छनोटको विजेताले युएईमा हुने एसिया कपमा स्थान बनाउनेछ । विजेता भारत र पाकिस्तान रहेको समूह ‘ए’ मा पर्नेछ । एसिया कप १३ सेम्टेम्बर देखि २८ तारिखसम्म हुदैछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.