नेपाली दर्शकले विश्वकप हेर्न नपाउने सम्भावना बढ्यो

२७ कात्तिक,एजेन्सी ।
नेपालमा प्रदेश र प्रतिनिधिसभाको चुनावकै दिन मंसिर ४ गतेबाट सुरु हुने फिफा विश्वकप २०२२ नेपाली दर्शकले स्वदेशमा बसेर हेर्न नपाउने सम्भावना बढेर गएको छ ।

सर्वोच्च अदालतले विश्वकप हेर्न ’अतिरिक्त शुल्क’ लिने व्यवस्थालाई यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएपछि विश्वकप प्रसारण अन्योलमा परेको छ ।

सर्वोच्च अदालतको अल्पकालीन आदेशविरुद्ध नेपालमा प्रसारण अधिकार लिएको मिडिया हबले सर्वोच्चमा पुनरावेदन दिएको छ । पुनरावेदन निवेदनमा सुनुवाईका लागि शुक्रबार पेसी तोकिएको थियो ।

Advertisement

पेसी पुछारमा परेपछि शुक्रबार सुनुवाई हुन सकेन । यस्तै आज आइतबारका लागि पेसी तोकिए पनि सुनुवाई हुन सकेन । ‘अदालतको आदेशका कारण विश्वकप प्रसारणको सबै तयारी यथास्थितिमा रोकिएको छ ।

अब हामीसँग काम गर्न चार÷पाँच दिनभन्दा बढी समय छैन, त्यसैले नेपालमा विश्वकपको प्रसारण लगभग नहुने अवस्था सिर्जना भएको छ,’ मिडिया हबका कार्यकारी निर्देशक सोम धितालले भने, ‘हामीले फुटबलको सिग्नल डाउनलिंक, अपलिंकका सामग्री आयात गर्नेदेखि वितरण गर्ने कुरा छ ।

फुटबललाई दर्शकको घरघरमा पु¥याउने गरी वित्तीय र प्राविधिक तयारी गर्नुपर्ने छ, तर हामीसँग विल्कुलै समय छैन, उनले भने । धितालका अनुसार नेपालमा यसपटक मिडिया हबले फुटबल देखाउन सकेन भने कुनै पनि माध्यमबाट कसै गरे पनि फुटबल देखाउन र हेर्न नसकिने बताए ।

उक्त अवस्था बारे आफूहरुले यो विषय सर्वोच्चलाई बुझाउन प्रयास गरिरहेको भएपनि त्यहाँ पालो नआएपछि समग्र टिम नै निराश हुँदै गएको बताए । ‘हाम्रो अर्जेन्सीको आधारमा सर्वोच्चले एक पटक मात्रै हामी र हाम्रो समस्यालाई सुनिदिए हुन्थ्यो भन्ने हाम्रो माग हो ।

त्यसपछि सर्वोच्चले जे फैसला गर्छ, जे आदेश दिन्छ त्यो हामी सबैलाई स्वीकार्य हुन्छ । यसअघि नेपाली च्यानलसँगै विदेशी च्यानलबाट पनि फुटबल आउँथ्यो,’ उनले भने, ‘धेरै जनाको बुझाइ यसपटक पनि त्यसैगरी आउँछ भन्ने होला तर त्यो पटक्कै होइन ।

फिफाले यसपटक हरेक देशसँग टेरिटोरी लकसहित फुटबल प्रसारणको अधिकार दिएको छ । नेपालका लागि हामीबाहेक कसैसँग पनि त्यो अधिकार छैन।’

भारतीय कम्पनी भायाकम १८ ले दक्षिण एशियाका लागि फिफाबाट विश्वकप प्रसारणको अधिकार लिएको छ भने भायाकम १८ ले नेपालका लागि त्यो अधिकार मिडिया हबलाई बेचेको छ ।

भारतमा भायाकम १८ ले स्पोर्टस १८ नामको नयाँ च्यानलमा फुटबल प्रसारण गर्दैछ । त्यो च्यानल नेपालमा कुनै पनि माध्यम र तरिकाबाट उपलब्ध नहुने समेत बताइएको छ । यसबापत नेपाली कम्पनी मिडिया हबले भारतीय कम्पनी भायाकम १८ लाई झन्डै २५ करोड नेपाली रुपैयाँ पठाइसकेको छ ।

त्यसैगरी मिडिया हबले नेपालमा खेल प्रसारणको उपकरण व्यवस्थापन लगायतका कामका लागि थप पाँच करोड रुपैयाँभन्दा बढी खर्च गरिसकेको छ । नेपालको विज्ञापन बजार खुम्चिएको सन्दर्भमा मिडिया हबले आफ्नो लगानी ’पे पर भ्यु’ बाट उठाउने योजना बनाएको थियो ।

त्यसका लागि हिमालय टेलिभिजन नेटवर्कले हिमालय प्रिमियम नामको अर्को टेलिभिजन प्रसारण च्यानल स्थापना गरेको छ । यो च्यानल हेर्नका लागि उपभोक्ताले च्यानल प्रसारण गर्ने केबल अपरेटर, डिटिएच अपरेटर, एमएसओलाई पाँच सय रुपैयाँ शुल्क भुक्तानी गर्ने व्यवस्था गर्न लागिएको थियो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top