×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

ट्विटरमा ब्लु टिकका लागि शुल्क तिर्नुपर्ने नियम खारेज

२७ कार्तिक २०७९

२७ कात्तिक,एजेन्सी ।
ट्वीटरको ब्लु टिकका लागि मासिक ८ डलर तिर्नुपर्ने एलन मस्कको निर्णय तत्कालका लागि खारेज भएको छ । अमेरिकामा कैयन् फर्जी ट्वीटर अकाउन्टहरूले ८ डलर तिरेर ब्लु टिक प्राप्त गरेको र ती भेरिफाइड अकाउन्टबाट फेक ट्वीट गरेको घटनापछि ट्वीटरले शुक्रबारदेखि ब्लु टिकका लागि शुल्क तिर्नुपर्ने नियम खारेज गरेको हो ।

मस्कले ट्विटर खरिद गर्नु अगाडि ट्विटरमा अकाउन्ट भेरिफिकेसन अर्थात् ब्लु टिक केवल सेलिब्रेटी, पत्रकार तथा नेताहरुले प्राप्त गर्दथे । तर मस्कले नयाँ नियम लागू गर्दै एउटा फोन, क्रेडिट कार्ड र हरेक महिना ८ डलर खर्च गर्नसक्ने क्षमता भएका जो कोहीले पनि ब्लु टिक हासिल गर्न सक्ने बनाएका थिए ।

Advertisement
Advertisement

पैसा तिरेर ट्विटर अकाउन्ट भेरिफाइड गराउन मिल्ने नयाँ नियमको दुरूपयोग गर्दै येशु क्राइस्टदेखि अमेरिकाका पूर्व राष्ट्रपति जर्ज डब्लु बुससम्मका नक्कली खाताबाट ट्विट गर्न थालियो ।

अमेरिकामा एक जना व्यक्तिले एली लिली एण्ड कम्पनी नामक औषधि कम्पनीको नक्कली खाता बनाएर ब्लु टिक प्राप्त गरे र आफ्नो कम्पनीबाट इन्सुलिन सित्तैमा उपलब्ध रहेको भनेर ट्विट गरे ।

यो ट्विटसँगै कम्पनीको सेयर खस्किँदा कम्पनीलाई १ लाख २० हजार करोड घाटा भएको थियो । त्यसपछि कम्पनीले आफ्नो नक्कली तर भेरिफाइड खाताबाट कसैले त्यस्तो गलत ट्विट गरेको भन्दै सार्वजनिक रूपमा माफी माग्नुप¥यो ।

एउटा कम्पनीको नक्कली ब्लु टिक अकाउन्टसम्म यो कुरा रोकिएन, लडाकु विमान निर्माता लकहिड मार्टिनले पनि नक्कली ब्लु टिक अकाउन्टबाट अमेरिका, इजरायल र साउदी अरेबियालाई हतियार नदिने ट्विट गरेको छ ।

यो ट्विटका कारण अमेरिकी शेयर बजारमा लकहिड मार्टिनको शेयर पनि ओरालो लागेको छ । यस्तै एलोन मस्ककै कम्पनी टेस्ला पनि ८ डलर नक्कली ब्लु टिक खाताको सिकार बनेको छ ।

टेस्लाको नक्कली ब्लू टिक खाताबाट ट्विट गर्दै टेस्लाले युक्रेनी सेनालाई अत्याधुनिक हतियार र विष्फोटक पदार्थले भरिएका १० हजार गाडी दिने लेखेको थियो ।

ट्विटरले ठूला हस्ती तथा ब्लु टिकवाला ट्विटर अकाउन्टको नामको तल पट्टी अफिसियल लेखिने बताएको थियो । तर, उक्त अफिसियल नामक नयाँ फिचर पनि ट्विटरले केही घण्टामै बन्द गरेको छ । यसरी सुरू भएको ७२ घन्टामै नक्कली ब्लु टिक अकाउन्टले ट्विटरमा हंगामा मच्चाएपछि ट्वीटरले अन्ततः ८ डलरको ब्लु टिक प्लान बन्द गरेको छ ।

यद्यपि एलोन मस्कले यस ८ डलरको ब्लु टिक प्लानलाई समर्थन गर्दै नक्कली अकाउन्टलाई रोक्ने बताएका छन् । मस्कले मूलधारका मिडिया तथा मिडिया अभिजात वर्गको आलोचना गर्दै नागरिक पत्रकारिताबाट बढ्दो प्रतिस्पर्धाले मूलधारका मिडियाको सूचनाहरुलाई अवरोध गर्ने बताएका हुन् ।

Advertisement

उनले मूलधारका मिडिया अझै पनि फल्ने फुल्ने तर नागरिकसँगको बढ्दो प्रतिस्पर्धाले उनीहरूलाई सीमित पार्ने उल्लेख गरेका छन् । ट्वीटर सम्झौताको अन्त्य गर्दा पनि मस्कले ट्विटरमा फेक अकाउन्टको समस्यालाई ठूलो समस्याको रूपमा व्याख्या गरेका थिए । यसैबीच मस्कले अर्को हप्तादेखि ब्लू टिक सेवा पुनः सुरु हुने पनि सम्भावना व्यक्त गरेका छन् ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top