लौरोले सरकार बनाए सागर ढकाल प्रधानमन्त्री

२६ कात्तिक ७९, आइतबार

२७ कात्तिक, काठमाण्डौ ।

हाम्रो नेपाली पार्टीले डडेल्धुराबाट प्रतिनिधिसभा उम्मेदवार बनेका सागर ढकाललाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अगाडि सारेको छ । हाम्रो नेपाली पार्टी (लौरो अभियान) ले शनिबार एक विज्ञप्ति जारी गर्दै ढकाललाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अगाडि सारेको हो ।

विज्ञप्तिमा आगामी मंसिर ४ को चुनावपछि बन्ने संसदमा ढकाललाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरिएको उल्लेख छ । हाम्रो नेपाली पार्टीका अध्यक्ष अनन्तराज घिमिरेले जारी गरेको विज्ञप्तिमा भनिएको छ‘, ‘आगामी ४ मंसिरपछि हुने संसदमा हाम्रो नेपाली पार्टीको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवारको रूपमा ई. सागर ढकाललाई प्रस्ताव गर्ने हाम्रो नेपाली पार्टी (लौरो अभियान) को निर्णय भएको बेहोरा सम्पूर्ण सबैमा जानकारी गराउँदछौं।’ अध्यक्ष घिमिरेले ढकाललाई विजयी गराउन पनि डडेल्धुराका मतदातालाई आग्रह गरेका छन् ।

Advertisement

उनले विज्ञप्तीमा लेखेका छन्, ‘आगामी मंसिर ४ गते हुने आमनिर्वाचनमा सम्पूर्ण मतदातामाझ हाम्रो नेपाली पार्टी (लौरो अभियान)ले देशमा रहेका भ्रष्ट नेताहरूलाई जेल हालेर सुन्दर र समृद्ध नेपाल बनाउने मुख्य लक्ष्यका साथ देश भरका स्वतन्त्र युवा, इन्जिनियर, डाक्टर तथा अभियन्ताद्वारा लौरो चुनाव चिह्न लिएर प्रत्यक्ष तथा समानुपातिक उम्मेदवार आउनु भएको व्यहोरा सर्वविदितै छ ।

आगामी मंसिर ४ पछि हुने संसदमा हाम्रो नेपाली पार्टीको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवारको रूपमा ई. सागर ढकाल लाई प्रस्ताव गर्ने हाम्रो नेपाली पार्टी (लौरो अभियान)को निर्णय भएको व्यहोरा सम्पूर्ण सबैमा जानकारी गराउँदछौँ,। स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियानबाट प्रतिनिधिसभाका लागि काठमाडौं –५ मा मधुसुदन पाठक, काठमाडौं –८ मा सुमन सायमी र काठमाडौं –९ मा विद्या श्रेष्ठ उम्मेदवार छन् ।

Advertisement

यस्तै भक्तपुर –२ मा दरोस्तभ लोकेन्द्र, कास्की –२ मा सिरीष गुरुङ, रौतहट–१ मा राहुल मिश्र, रुपन्देही –५ मा भिष्म राना र उदपयुरमा गजेन्द्र महत उम्मेदवार छन् । ढकाल स्वयं भने डडेल्धुरमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सुई चिह्न लिएर प्रतिस्पर्धा गर्दै छन् । उनले बा पुस्ताका नेताहरुलाई ससम्मान विदा गर्नुपर्ने भन्दै आफूले उम्मेदवारी दिएको बताउदै आएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top