Nepal Times
Nepal Times
3
Shares

२०२७ को महिला विश्वकप नेपालमा हुने

२०२७ को महिला विश्वकप नेपालमा हुने

२७ कात्तिक, एजेन्सी ।
नेपालले पहिलो पटक क्रिकेटतर्फ विश्वकप आयोजना गर्ने भएको छ । बंगलादेशसँग मिलेर नेपालले सन् २०२७ मा हुने यू–१९ महिला टी–२० विश्वकप संयुक्त रुपमा आयोजना गर्ने मौका पाएको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आइतबार सन् २०२७ मा यू–१९ विश्वकप आयोजना गर्ने देशको नाम सार्वजनिक गरेको हो । जसमा नेपालले बंगलादेशसँग मिलेर यू–१९ महिला टी२० विश्वकपको आयोजना गर्नुपर्नेछ ।

यस्तै २०२४ को यू–१९ पुरूष विश्वकप श्रीलंका, सन् २०२६ को पुरूष यु १९ विश्वकप जिम्बावे र नामिबियाले आयोजना गर्नेछन् । यस्तै सन् २०२५ को यू १९ महिला विश्वकप मलेसिया र थाईल्यान्डले आयोजना गर्दा सन् २०२७ को यु–१९ महिला टी२० विश्वकप बंगलादेश र नेपालले आयोजना गर्ने भएका हुन् ।

नेपालले पहिलो पटक कुनै पनि विश्वकप आयोजना गर्ने मौका पाएको हो । गत जेठमा आइसिसी यू १९ महिला विश्वकप छनोटमा नेपालले खराब प्रदर्शनका साथ बाहिरिएको थियो । २०२३ मा दक्षिण अफ्रिकामा पहिलो पटक यू १९ महिला टी२० विश्वकप आयोजना हुन लागेको छ ।

नेपालले पुरुषतर्फ सन् २०१६ पछि यू१९ विश्वकप खेल्न सकेको छैन । नेपालले हाल भने २०२३ मा भारतमा हुने एकदिवसिय पुरुष विश्वकप छनोटको लागि विश्वकप लिग २ खेलेको छ ।

२०२४ को टि२० विश्वकपको लागि एसिया क्षेत्र छनोट खेल्नु पर्ने हुन्छ । २०२४ देखि विश्वकपमा २० टोली हुनेछन् । जसमा १२ टोली सोझै छनोट भई सकेका छन् ।

२०२७ को एकदिवसीय विश्वकपमा १४ टोली सहभागी हुनेछन् । नेपाल क्रिकेट संघ क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ललेनेपालले विश्वकपको आयोजना गर्ने अवसर पाउनु गर्वको विषय भएको बताए ।

नेपालले अन्तिम पटक घरेलु मैदानमा आइसिसीको ठूलो प्रतियोगिता रुपमा सन् २०१० मा डिभिजन फाइभ आयोजना गरेको थियो । नेपालले फाइनलमा अमेरिकालाई पाँच विकेटले हराउँदै पहिलो आइसिसी उपाधि जितेको थियो । पछिल्लो पटक टियु मैदानमा ठूलो प्रतियोगिताको रुपमा एसिसी टि२० कप २०१३ आयोजना गरेको थियो ।

त्यसपछि अन्तर्राष्ट्रिय सिरिज आयोजना गर्दै आएको छ । २०२० मा आइसिसी विश्वकप लिग २ अन्तर्गत नै नेपाल, अमेरिका र ओमानबीच त्रिकोणात्मक सिरिज आयोजना गरेको थियो । टियु मैदानमा त्रिकोणात्मक र दुई देशबीचको सिरिज भने आयोजना हुदै आएको छ । टियु क्रिकेट मैदानमा सोमबारदेखि नेपाल र युएईबीचको तीन ओडिआई खेलको सिरिज पनि सुरु हुँदैछ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.