सुनको भाउमा ३ हजारको वृद्धि, चाँदी पनि महँगियो

९ कात्तिक २०८३, सोमबार
Share this
751shares

९ कार्तिक , काठमाण्डौ ।

Advertisement

हिजो एकैदिन तोलामा ११ हजार ७ सय रुपैयाँले घटेको सुनको भाउ आज ३ हजार रुपैयाँले बढ्यो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८१ हजार ५ सय रुपैयाँ कायम ।

Advertisement

आइतबार सुनको भाउ २ लाख ९० हजार २ सय रुपैयाँबाट घटेर २ लाख ७८ हजार ५ सय रुपैयाँ कायम भएको थियो ।

यसअघि कात्तिक २ गते सुनको मूल्य २ लाख ९० हजार २ सय रुपैयाँ पुगेको थियो।

Advertisement

त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला ४० रुपैयाँले बढेर ३ हजार ९ सय ९५ रुपैयाँ पुग्यो ।

हिजो चाँदीको भाउ २३० रुपैयाँले घटेर ३ हजार ९ सय ५५ रुपैयाँमा झरेको थियो ।

नेपाली बजारमा सुनको मूल्यले गत माघ १५ गते ऐतिहासिक रेकर्ड बनाएको थियो।

त्यस दिन प्रतितोला २० हजार ५ सय रुपैयाँले बढ्दै सुनको भाउ ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो ।

यो हालसम्मकै उच्च मूल्य हो ।

त्यस्तै, चाँदीको मूल्य गत माघ १५ गते प्रतितोला ७ हजार ५०५ रुपैयाँ पुगेको थियो, जुन अहिलेसम्मकै उच्च हो।

माघ १८ गते चाँदीको मूल्य एकैदिन १ हजार ५६५ रुपैयाँले घटेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top