९ कार्तिक , काठमाण्डौ ।
सुरक्षा जोखिमका कारण बन्द गरिएका सरकारी वेबसाइट तथा अनलाइन सेवाहरू पुनः सामान्य रूपमा सञ्चालनमा ।
पीएचपी प्रविधिमा सुरक्षा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय, भन्सार विभाग र भेहिकल ट्रयाकिङ प्रणाली (भीटीएस) लगायतका प्रमुख सरकारी तथा वित्तीय निकायका वेबसाइटहरू कात्तिक ५ गतेदेखि बन्द गरिएका थिए।

सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रले सूचना जारी गर्दै सुरक्षा प्याच लागू गर्ने र परीक्षण गर्ने काम सम्पन्न भएपछि करिब एक हजार सरकारी वेबसाइट तथा अनलाइन सेवाहरू पुनः सञ्चालनमा आएको जनायो ।
केन्द्रका अनुसार बाँकी रहेका सेवाहरू पनि छिट्टै सञ्चालनमा ल्याउन काम भइरहेको उल्लेख ।

सरकारी वेबसाइट तथा अनलाइन सेवा बन्द हुँदा विभिन्न सरकारी कामकाज र सेवा प्राप्त गर्न प्रयोगकर्तालाई असुविधा भएको थियो।



