ट्विटरले ४४ सय कामदारलाई बर्खास्त गर्याे,आखिर मस्क के चाहन्छन् ?

२८ कात्तिक, एजेन्सी ।
सामाजिक सञ्जाल ट्विटरको कमाण्ड सम्हाल्ने बित्तिकै एलोन मस्कले करिब ३८०० कर्मचारीलाई एकै झटकामा बर्खास्त गरेका थिए । तर उनको कदम यतिमा मात्रै रोकिएको छैन् । अहिले कम्पनीका ४ हजार ४ सय करार कर्मचारीलाई निकाल्न थालेका छन् ।

कम्पनीमा कूल ५ हजार ५ सय कर्मचारी छन् । मिडिया रिपोर्टका अनुसार ट्विटरले यी कर्मचारीहरूलाई कुनै सूचना दिएको छैन् । उनीहरूलाई अनलाइन सेवा र इमेलको पहुँच दिइएको छैन।

आफ्ना कर्मचारी प्रणालीमा आउन नसकेपछि प्रबन्धकहरूले पनि थाहा पाइरहेका छन् । धेरै कामदारहरूले उनीहरूको पहुँच बिना सूचना बन्द गरिएको दाबी गरेका छन् ।

प्लेटफर्मरका केस्सी न्युटनले ट्वीट गरेका छन्, ’कन्ट्र्याक्टरहरूलाई यस बारे सूचित गरिएको छैन। कम्पनीका करार कामदारहरूलाई स्ल्याक र इमेलमा पहुँच दिइएको छैन।

कर्मचारीहरू प्रणालीबाट गायब भएपछि मात्रै प्रबन्धकहरूलाई जानकारी भएको थियो । प्रवन्धकहरुले कुनै जानकारी विना करार कामदारलाई हटाइएको छ। कम्पनीको आन्तरिक स्ल्याक सन्देश प्लेटफर्ममा एक प्रबन्धकले पोस्ट गरिएको छ ।

उनीहरुले हामीले बाल सुरक्षा कार्यप्रवाहहरूमा महत्त्वपूर्ण परिवर्तनहरू गर्दा यो गरिएको बताएका छन् । मस्कले गत महिनाको अन्त्यमा ट्विटर किन्नको लागि सम्झौता पूरा गरेसँगै उनी ट्विटरमा क्रियाशील भएका छन् ।

सुरुवातमा उनले कम्पनीका भारतीय मूलका सीईओ पराग अग्रवाल लगायत धेरै कार्यकारीहरूलाई हटाएका थिए । त्यसपछि बोर्ड विघटन गरेर ट्विटरको लगाम पूर्ण रूपमा आफ्नो हातमा लिएका थिए ।

ट्विटरमा विश्वभर करिब ७५०० कर्मचारी थिए, जसमध्ये करिब ३,८०० कर्मचारीलाई बर्खास्त गरिएको छ। छिमेकी राष्ट्र भारतमा मात्रै कम्पनीले आफ्ना ९० प्रतिशत कर्मचारीलाई निकालेको छ । अब कम्पनीले करारका कर्मचारीहरूलाई हटाउने प्रक्रिया सुरु गरेको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top