Nepal Times
Nepal Times
3
Shares

मधुमेह दिवसमा न्यूरोले गर्याे निःशुल्क स्वास्थ्य शिविर

मधुमेह दिवसमा न्यूरोले गर्याे निःशुल्क स्वास्थ्य शिविर

२८ कात्तिक , विराटनगर ।
आज विश्व मधुमेह दिवस एजुकेसन टु प्रोटेक्ट टुमरो भन्ने नाराका साथ संसार भर विभिन्न कार्यक्रम गरी गरि मनाइँदै छ । मधुमेहको उपचारमा सबैभन्दा प्रभावकारी देखिएको इन्सुलिनको आविष्कार गरेका सर फ्रेड्रिक बान्टिङको जन्मदिनको अवसरमा सन् १९२२ देखि दिवस मनाइदै आउने चलनचल्दै आई रहेको छ ।

सोही अवसरमा विराटनगरस्थित न्यूरो कार्डियो एन्ड मल्टी स्पेसियालिटी हस्पिटलले लायन्स क्लब अफ विराटनगर, लियो क्लब अफ विराटनगरको सहकार्यमा आज निःशुल्क मधुमेह चेकजाँच तथा सचेतनात्मक अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर सागरराज बिष्ट र डाक्टर विवेक कट्टेलले मधुमेह रोगीहरुको उपस्थितीमा मधुमेह रोग, यसको उत्पत्ति, प्रकार,रोकथामका उपाय,असर,भ्रम र तथ्यहरु बारे स्पष्ट पारेका थिए ।

कार्यक्रमा चिकित्सकहरुले मधुमेह भएका मानिसहरूले पनि दैनिक एक पटक भातखाँदा हुने तर, यसकालागि पहिले चिकित्सकीय सल्लाहलिनु पर्ने बताएका थिए ।

मधुमेह समयमा नै थाहा पाएर यसलाई नियन्त्रणमा लिन सकियो भने यसका कारण हुनसक्ने विभिन्न गम्भीर रोगबाट बच्न सकिने डाक्टर कट्टेलले बताएका छन् ।

यस्तै मिर्गौला, कलेजो, मुटु, आँखालगायतका महत्त्वपूर्ण अङ्गमा ठूलो असर गर्न सक्ने भएकाले मधुमेहबाट बच्न समय समयमा चेकजाँच अतिआवश्यक रहेको उनले औल्याए । कार्यक्रममा अस्पतालका निर्देशक बिरेन्द्रकुमार बिष्ट लगायतले मधुमेहमा विरामीसँग अन्तरक्रिया गरेका थिए ।

न्यूरोले मधुमेह दिवसका अवसरमा हरेक वर्ष नै निःशुल्क चेकजाँच तथा सचेतनात्मक अन्र्तक्रिया कार्यक्रम आयोजना गर्दै आएको अस्पतालका प्रवन्धक भारत श्रेष्ठले बताए । उनले मधुमेह कसैलाई पनि नलागोस् भन्ने अभियान लिएर न्युरो अस्पतालले सचेतनात्मक कार्यक्रम गर्दै आएको जानकारी दिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.