कीर्तिपुरमा सट्टेबाजी गर्ने ४० जना प्रहरी खोरमा

१ मंसिर ७९, शुक्रबार

२ मंसिर, काठमाण्डौ ।
नेपाल र यूएईको एकदिवसीय खेलमा ’लाइभ बेटिङ’ गर्ने ४० जनाभन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कीर्तिपुर प्रहरी वृत्तको सहयोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल हेर्ने बहानामा बेटिङ गर्नेहरूलाई नियन्त्रणमा लिएको हो ।

नेपाल र युएईबीच भइरहेको खेलमा बल टु बल सट्टेबाजी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । बेटिङमा संलग्न रहेको आशंकामा ४० जनाभन्दा बढीलाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बताएको छ ।

कीर्तिपुर प्रहरी वृत्तमा राखेर स्क्रिनिङको काम भइरहेको सीआईबी स्रोतले बतायो । ‘ नियन्त्रणमा लिएका सबै जना संलग्न नहुन सक्छन्। त्यही छुट्याउने काम भइरहेको छ’ सीआईबीका एक उच्च अधिकारीले भने। पक्राउ परेकाहरुबाट मोबाइल र रकम बरामद गरेको छ ।

Advertisement

उनीहरूसँग रहेको मोबाइल पनि नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको सीआईबी प्रमुख एआईजी उत्तम सुवेदीले बताएका छन् । प्रहरीले गत शुक्रबार शृखंलाको पहिलो खेलमा नै शंकास्पद गतिविधिमा रहेका केही दर्शकलाई निगरानीमा राखेको जनाएको छ ।

त्यही आधारमा अनुसन्धान अघि बढाउँदा आज केही व्यक्तिलाई नियन्त्रणमा लिइएको हो । नेपाल र यूएईबीच शुक्रबारदेखि एकदिवसीय खेलको शृंखला सुरु भएको हो । १–१ को बराबरीमा रहेको शृखंला शुक्रबारको खेल जित्नेले जित्नेछ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

सम्बन्धित समाचार

Scroll to Top