काठमाडौं ९ का मतदाताले बजाएनन् घण्टी /एमालेका कृष्णगोपाल चौंथो पटक सांसद बने

Share this
686shares

६ मंसिर, काठमाण्डौ ।
केपी ओली नेतृत्वको सरकारमा शिक्षामन्त्री रहँदा केपी ओली इज केपी ओली, फुटवलको पेलेजस्तै हो ओली भन्ने भाषण गरेर आलोचनाको शिखरमा पुगेका एमाले नेता कृष्णगोपाल श्रेष्ठ पुनः प्रतिनिधि सभामा सांसद बन्ने भएका छन् ।

Advertisement

उनी काठमाण्डौ क्षेत्र नम्बर ९ बाट विजयी भएका छन् । आज दिउँसो सकिएको मतगणाअनुसार श्रेष्ठले ११ हजार ९५६ मत सहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेकबहादुर पोखरेलले १० हजार ९६१ मत प्राप्त गरेका छन् । यस्तै सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादीका उम्मेदवार कल्पना धमलाले ६ हजार ४०२ मत प्राप्त गरिन् ।

कृष्णगोपाल श्रेष्ठले प्रतिनिधि सभाको अघिल्लो चुनावमा पनि काठमाण्डौ क्षेत्र नम्बर ९ बाटै जित हासिल गरेका थिए । त्यसअघि प्रतिनिधिसभा सदस्य निर्वाचन २०४८ मा काठमाडौं ५ र मध्यावधि निर्वाचन २०५१ मा काठमाडौं ७ बाट निर्वाचित भएका थिए ।

Advertisement

२०५९ सालमा स्थानीय विकास राज्यमन्त्री भएका श्रेष्ठ केपी ओली नेतृत्वको सरकारमा २०७७ सालमा मन्त्री बनेका थिए । विद्यार्थी राजनीति हुँदै उनी २०३५ सालदेखि नेकपा (माले)मा आबद्ध भएका थिए ।उनी अनेरास्ववियुको त्रिवि कमिटी अध्यक्ष, २०३५ देखि २०४७ सम्म नेकपा (माले) को काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीमा विभिन्न जिम्मेवारीमा रहेका थिए ।

२०४९ मा नेकपा (एमाले) को राष्ट्रिय परिषद सदस्य हुँदै उनी २०५४ मा एमालेको केन्द्रीय सदस्य चयन भएका थिए । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्य समेत रहेका श्रेष्ठ हाल एमालेका स्थायी कमिटी सदस्य हुन् ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top