नेपाली पब्जी टिम विश्व च्याम्पियनसिपको फाइनलमा

१२ मंसिर, एजेन्सी ।
नेपालको पब्जी टोली ट्रेन्ड टु किल (टि२के) पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिपको अन्तिम चरणमा प्रवेश गरेको छ । आइतबार सम्पन्न एल्लो ग्रुपको खेलमा समग्रमा तेस्रो स्थान हासिल गर्दै टि२केले अन्तिम चरणमा स्थान बनाएको हो ।

तेस्रो चरणमा पुगेसँगै नेपाली टिमले ८० हजार अमेरिकी डलर पुरस्कार सुनिश्चित गरेको छ । यो नेपाली पब्जीकै सबैभन्दा ठूलो सफलता हो । टीटूकेका अभिशेकसिंह, सुयोग मुल्मी, वसन्त गौतम, सन्देश प्रधान र रिग्देन बज्राचार्यले यो सफलता दिलाएका हुन् ।

टीटूकेले समूहमा रहेका १६ टिममध्ये तेस्रो हुँदै फाइनल चरणमा प्रवेश पाएको हो । जापानका रिजेक्ट स्कार्लेट टिमसँग समान २१४ अंक रहे पनि प्रदर्शनका आधारमा टीटूकेले उछिनेको हो । यो समूहबाट मलेसियाको गीक टिम २९२ अंक र चिनियाँ फोर एएमले २३१ अंकका साथ क्रमशः शीर्ष र दोस्रो स्थानमा रहेर फाइनल चरणका लागि छनोट भएका हुन् ।

Advertisement

तेस्रो संस्करणको पब्जी मोबाइल विश्व च्याम्पियनसिपमा पहिलोपल्ट नेपालबाट तीन टिम छनोट भएका छन् । नेपालबाट सहभागी द रियल सोल्जर्स (डिआरएस) र स्काइलाइट्ज गेमिङ भने शीर्ष ११ मा रहँदै सर्भाइभल चरणका लागि छनोट भएको थियो । यसअघि नेपालको डीआरएसले मात्र खेलेको थियो ।

डीआरएस समूह रेडमा छैटौं स्थानमा रहेर सर्भाइभल चरणका लागि छनोट भएको छ । अर्को नेपाली टिम स्काईलाइट्ज समूह ग्रीनमा रहेर नवौं हुँदै सर्भाइभल चरणका लागि छनोट भएको छ । समूह चरण र सर्भाइभल चरणका खेलहरु मलेसियामा भइरहेको छ ।

Advertisement

तीन समूहमा शीर्ष चारदेखि एघारौं स्थानमा रहेका टिमबीच सर्भाइभल चरणमा प्रतिस्पर्धा हुनेछ । यो प्रतिस्पर्धा मंगलबारदेखि चार दिनसम्म चल्नेछ । सर्भाइभल चरणमा पुगेका २४ टिममध्ये १६ टिमले अन्तिम अवसर चरणमा प्रवेश पाउनेछन् ।

बाँकी ८ टिम बाहिरिनेछन् । अन्तिम चरणमा १६ टिमबीच प्रतिस्पर्धा गरी पाँच टिमले फाइनल चरणमा प्रवेशका लागि अर्को अवसर पाउनेछन् । फाइनल चरणका लागि तीन समूहबाट शीर्ष तीन गरी ९ टिम र सिधै आमन्त्रण गरिएका दुई टिम छन् ।

बाँकी पाँच टिमको टुंगो लाग्न बाँकी छ । फाइनल चरणका खेलहरु इण्डोनेसियाको जाकार्तामा सन् २०२३ को ३ र ४ जनवरीमा सन्चालन हुनेछ । समूह चरणमा कुल पुरस्कार राशी २ लाख ५० हजार डलर रहेको छ ।

फाइनल चरणमा उसको प्रतिस्पर्धाका आधारमा पुरस्कार बढ्दै जानेछ । फाइनल चरणको नतिजाका लागि मात्रै १ लाख ५० हजार अमेरिकी डलर पुरस्कार राखिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top