Nepal Times
Nepal Times
3
Shares

कुटेर पत्नीको हत्या आरोपमा श्रीमान् पक्राउ

कुटेर पत्नीको हत्या आरोपमा श्रीमान् पक्राउ

१२ मंसिर, काठमाण्डौ ।

कुटेर पत्नीको हत्या गरेको आरोपमा प्रहरीले बर्दियाबाट एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुलरिया नगरपालिका–१ घर भएका २७ वर्षीय बोधराज बस्नेत छन् ।

जिल्ला प्रहरी कार्यालय बर्दिबाट खटिएको टोलीले उनलाई आइतबार दिउँसो पक्राउ गरेको हो । उनीमाथि २६ वर्षीया पत्नी नानकला बस्नेतलाई कुटेर हत्या गरेको आरोप छ । बोधराजले कुटेर गम्भीर घाइते भएकी नानकलाको उपचारको लागि बर्दिया अस्पताल गुलरियातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.