Nepal Times
Nepal Times
3
Shares

आज नेप्सेमा सामान्य वृद्धि

आज नेप्सेमा सामान्य वृद्धि

१३ मंसिर,काठमाडौं ।

मंगलबार सेयर बजार सूचक नेप्सेमा सामान्य वृद्धि भएको छ । मौद्रिक नीतिको समीक्षा लगत्तै सोमबार १५ अंकले घटेको बजारमा मंगलबार मुस्किलले २.९९ अंकले वृद्धि हुँदै नेप्से सूचक १९५३.३५ अंकमा उक्लिएको हो । तर, यता कारोबार भने अर्ब तल झर्न पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज बजारमा कुल ९५ करोड ७० लाख ६० हजार २२५ रुपैयाँ बराबरको २५ लाख ८९ हजार ९९७ कित्ता सेयर किनबेच भएको छ । अघिल्लो दिन १५ अंकले घटेको बजारमा १ अर्ब ४९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

आज डेभलपमेन्ट बैंक, फाइनान्स, हाइड्रोपावर, जीवन बीमा, माइक्रोफाइनान्स, म्युचुअल फन्ड र अन्य समूहको उपसूचक धनात्मक भएका छन् भने बैंकिङ, होटल तथा पर्यटन, इन्भेष्टमेन्ट, म्यानु एण्ड प्रो, निर्जीवन बीमा र ट्रेडिङ समूहको उपसूचक ऋणात्मक भएका छन् ।

सबैभन्दा बढी आज धौलागिरि लघुवित्त वित्तीय संस्थाका सेयरधनीहरुले ६।१० प्रतिशतले कमाएका छन् भने एनआईसी एसिया ब्यालेन्स फन्डका लगानीकर्ताहरूले ४।६० प्रतिशतले गुमाएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.