गच्छदारको विजयमाथि भगवतीले लगाइनको ब्रेक

१३ मंसिर,काठमाण्डौ ।
सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा (एमाले)की भगवती चौधरी विजयी भएकी छन् । ४ हजार १३४ मत गन्न बाँकी रहँदै एमाले उमेदवार चौधरीको जित सुनिश्चत भएको हो । दुई पटकको हारको बदला लिँदै विजयी भएकी चौधरीले सार्वजनिक भएको पछिल्लो मतगणना अनुसार ३९ हजार २९७ मत पाएकी छन् । उनका प्रतिस्पर्धी कांग्रेसका विजय गच्छदारले ३३ हजार ८६३ मत पाएका छन् ।

उनीहरूबीचको मतान्तर ५ हजार ४३४ मत छ । चौधरी २०७० को निर्वाचनदेखि गच्छदारसँग निरन्तर पराजित हुँदै आएकी थिइन् । दोस्रो संविधानसभाको निर्वाचनमा गच्छदारसँग ३ सय ६२ मतले चौधरी पराजित भएकी थिइन् । ७४ मा भने उनी ३ सय २१ मतान्तरले पराजित भइन् । उनी २०७४ को निर्वाचनमा भने गच्छदारले धाँधली गरेको भन्दै पुस ११ गते भगवती सर्वोच्च गइन् ।

उनले लतपतिएको र बदर मतसमेत रुख चिन्हमा गणना गर्न लगाएको आरोप लगाएकी थिएन् । मुद्दा परेको तेस्रो दिन अर्थात् १४ पुसमा संवैधानिक इजलासले कारण देखाऊ आदेश जारी ग¥यो । तर, पाँच बर्ष वित्यो फैसला नआए पनि यस पटकको निर्वाचनमा चौधरीले बाजी मारेकी छन् । सुनसरी ३ बाट बहुदलपछि गच्छदारले एकलौटी चुनाव जित्दै आएका थिए ।

Advertisement

उनले गच्छदारले सुनसरीबाट ४८, ५१, ५६, ६४ र ७४मा निर्वाचन जिते । उनले २०६४ मा तत्कालीन मधेसी जनअधिकार फोरम, ७० फोरम लोकतान्त्रिकमा गएर समेत सो क्षेत्रबाट निर्वाचन जितेका थिए । तर त्यसमा २०७९मा भगवतीले ब्रेक लगाइदिएकी छिन् । ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा लागेपछि गच्छदारको सांसद पद निलम्बनमा परेको थियो ।

त्रिभुवन विश्वविद्यालयबाट मानविकी तथा व्यवस्थापन विषयमा स्नातकोत्तरसम्मको अध्ययन गरेकी चौधरी फरवार्ड लघुवित्त मार्फत महिलाको आर्थिक तथा सामाजिक विकासमा लागेकी छन् । उनी यस संस्थाको सस्थापक हुन् । अखिल नेपाल महिला संघको राजनीतिबाट एमालेको राजनीतिमा आएकी चौधरी अहिले नेकपा एमालेको केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला सह–इन्चार्ज छन् ।

उनी २०६४ सालको पहिलो संविधानसभा सदस्य हुँदै वन तथा भू–संरक्षण राज्यमन्त्री समेत भएकी थिइन् । १५ वर्षको निरन्तरको संघर्षपछि चौधरीले संसद्को यात्रा तय गर्दा २०४८ सालदेखि निरन्तर यसै क्षेत्रबाट निर्वाचन लड्दै आएका गच्छदार भने राजनीतिक जीवनको उत्तरार्द्धमा पराजित हुन पुगेका छन् । ६ पटकका विजेता गच्छदार सातौँपटक भने पुरानै प्रतिस्पर्धीसँग पराजित भएका छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top